किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
नेपालबहस संवाददाता
पुस १५, २०८१ सोमबार २२:१२:५६
१५ पुस, नुवाकोट । दुप्चेश्वर गाउँपालिकाको प्राविधिक सहयोगमा स्थानीय किसानले किवीको जाम र वाइन् उत्पादन गरेर विक्री सुरु गरेको छ । किवीलाई प्रशोधन गरेर जाम र वाइन् बनाएर विक्री गर्दा दोब्बर नै मुनाफा हुने भएपछि पालिकाले किसानलाई तालिम र प्राविधिक सहयोग गरेको हो ।
पालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरेर जाम र वाइन बनाउन थालिएको हो । बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानलाई दोब्बर बढी आम्दानी हुने गरेको पालिकाले जनाएको छ । किवीको बिक्रीबाट किसानले प्रतिकेजी २५० रुपैयाँसम्म पाएका छन् । सोही परिणामको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन् ।
किवीको ग्रेडिङ गर्दै ठूला र आकर्षक फल बिक्रीका लागि बजार पठाइन्छ भने बाँकीलाई उपभोक्ताको मागअनुसार जाम र वाइन बनाउने गरिएको छ । गाउँपालिकाले आउँदो वर्षदेखि जुस, सुकुटी, क्याण्डी, अचारलगायतको उत्पादनलाई प्रयोगमा ल्याउने लक्ष्य लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाको दुःखद् वर्ष, नेपालमा भने केही सुधार
पुष १८, २०८१ बिहिबार
राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार