आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १०:५५:४४
१६ पुष, काठमाडौं । तराई-मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच एकताका लागि आज बिचार मन्थन हुँदैछ । मधेशी एकता समाजले आज ‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गरेर बिभिन्न पार्टीमा रहेका मधेस केन्द्रित नेताहरूलाइ एकै ठाउँमा भेला गर्दैछ ।
मंगलबार दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरू विभिन्न पार्टीका नेताहरूले धारणा राख्दैछन । जसअनुसार सो संबाद कार्यक्रममा राजेन्द्र महतो, हृदयेश त्रिपाठी, राजकिशोर यादव, अनिलकुमार झा, सीके राउत, प्रभु साह, मोहम्मद इस्तियाक राई, हरिनन्दन कुमार रंजन, अमरेश कुमार सिंह, तुलानारायण साह, दिपेन्द्र चौबेले धारणा राख्नेछन् ।
सो कार्यक्रम अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सेमिनार हलमा हुने आयोजकले जनाएको छ । यसैबीच जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानलाई प्रभावकारी बनाउन पाँच दिने राजनीतिक कार्यक्रम लिएर लुम्बिनी प्रदेश पुगेका छन् । पुस १५ देखि पुस १९ गतेसम्मको कार्यतालिका बोकेर अध्यक्ष यादव लुम्बिनी प्रदेश पुगेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।
अध्यक्ष यादवले मंगलबार परासीको बहुमुखी क्याम्पसमा जिल्ला कार्यसमिति र सम्पूर्ण भ्रातृसंगठनका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने छन् । जसपा नेपालले पुस १७ गते बाँके जिल्लाको नेपालगञ्जस्थित जिल्ला समन्वयको सभाहलमा जनतासँग जसपा नेपालसँग, आधारभूत संगठन निर्माण अभियानसम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष यादव प्रमुख वक्ता भई कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।
अध्यक्ष यादव पुस १८ गते पार्टीले बाँकेको नरैनापुर गाउँँपालिकामा र पुस १९ गते बर्दियाको गुलरियामा आयोजना गर्ने अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । अध्यक्ष यादवले सोमबार नवलपरासी जिल्ला समितिद्वारा संगठन निर्माण अभियानअन्तर्गत रामग्रामको हुकईमा आयोजित सभालाई सम्बोधन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार