लुम्बिनी प्रदेश अधिवेशन, प्रदेश प्रमुखले सच्याउन फिर्ता गरेको कर्मचारी विधेयक मुख्य एजेण्डा
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार ११:१९:१
१६ पुस, तुलसीपुर । लुम्बिनी प्रदेश सभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो । प्रदेश सभाको पाँचौं अधिवेशनमा प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता भएको कर्मचारी विधेयक प्रमुख एजेण्डाको रुपमा रहेको छ । प्रदेश सभाको पहिलो बैठक आज दिउँसो दुई बजे देउखुरीमा बस्दैछ ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । यसअघिको लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनबाट पारित भएर प्रदेश प्रमखुको कार्यालय बुटवलमा पठाइएका प्रदेश निजामति सेवा ऐन–२०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामित सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता भएका थिए ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सो विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा ३ बमोजिम पुनर्विचार गर्न आवश्यक देखिएको सन्देशसहित २०८१ असोज २२ गते प्रदेश सभा देउखुरीमा फिर्ता गरेका थिए । प्रदेश प्रमुख घर्तीले विधेयकमाथि धेरै कमजोरी भएकाले सच्याउन लिखित सन्देशसहित प्रदेश सभामा पठाएको र सच्याएर नआए प्रमाणीकरण नगर्ने बताउँदै आएका छन् ।
फिर्ता भएको कर्मचारी विधेयक भदौं ३१ गते प्रदेश सभाबाट पारित भएका थिए । प्रदेश प्रमुख घर्तीले प्रमाणीकरण नगरी फिर्ता पठाएपछि सरकार र प्रदेश सभाले असन्तुष्टि जनाउँदै आएका छन् । प्रदेश सभाका प्रवक्ता इश्वरी आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पहिलो बैठकमा पढेर सुनाउने र दलको तर्फबाट प्रदेश सभा सदस्यले शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि
पुष १६, २०८१ मंगलबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार