नक्कली भूटानी शरणार्थी प्रकरणमा उच्च नेताहरूको नाम लिन दबाब दिने डीएसपीको किन भयो सरुवा ?
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १२:९:१३
१६ पुस, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका केही व्यक्तिलाई बयानको क्रममा राजनीतिक दलका नेताहरूको नाम लिन दबाब दिएको भन्दै कारागार सुरक्षा लागि खटिएका डीएसपीलाई सरुवा गरिएको छ । जगन्नाथदेवलस्थित केन्द्रीय कारागारका डीएसपी जीवन निरौलाले बयानको क्रममा माथिल्लो तहका नेताहरूको नाम लिए तिमीहरू छुट्ने भन्दै दबाब दिएपछि उनी कारवाहीको लागि तानिएका हुन् ।
डीएसपी निरौलाले भूटानी शरणार्थी प्रकरणमा थुनिएका आरोपीहरुलाई उच्च अदालतमा बयान गर्दा राजनीति दलका नेताहरूको नाम लिनु भनेको थाह पाएपछि प्रहरी प्रधान कार्यालयले उनलाई कारवाही गर्ने देखिएको छ । निरौला र माओवादी र रवि लामिछानेको वकालतमा लाग्दै आएको पनि प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।
बेचन झालाई प्रतिवादी बनाएर दर्ता गरिएको मुद्दामा काठमाडौ जिल्ला अदालतमा प्रतिवादीहरूको बयान भइरहेको छ । शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका अधिकांश प्रतिवादी जगन्नाथ देवलमा थुनामा छन् । डीएसपी निरौलाले थुनामा भएकाहरूलाई बयान गर्दा ‘उच्च तहका अधिकारीको नाम लिनु’ भनेर दबाब दिएका थिए ।
शरणार्थीको मुद्दा चलखेल गरेको आरोपमा उनलाई रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । केन्द्रीय कारागारमा डीएसपी सुवास खड्कालाई पठाइएको छ । खड्का उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए । बेचन झा लाई प्रतिवादी बनाएर साउन ३० मा भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौ+मा दर्ता गरिएको थियो ।
नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी माग दावी छ । उनी विरुद्ध ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको अभियोग छ । सोही प्रकरणमा बालकृष्ण खाँण पनि परेका थिए । टोपबहादुर रायमाझी अहिलेसम्म जेलमै रहेका छन् । रामबहादुर थापा बादलका छोरी प्रतीक थापा अझै जेलमा रहेका छन् ।
बेचनको बयानको आधारमा थुनामा भएका प्रतिवादीहरूलाई काठमाडौँ जिल्ला अदालतले थप बयान गराउन थालेको हो । यसैबिच, मङ्सिर १४ मा सरुवा भएका केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवालको सरुवा थमौती गरिएको छ । उनलाई गृह मन्त्रालयमा सरुवा गरेर अञ्जन न्यौपानेलाई पठाउने निर्णय भए पनि कटुवालको सरुवा रोकिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीहरुको बयान चलिरहेकै कारण उनको सरुवा रोकिएको मन्त्रालय स्रोतले जनाएको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायत ३० जना विरुद्ध मुद्दा दर्ता भएको छ । यस प्रकरणमा काठमाडौं प्रहरी परिसरमा थप १८ वटा उजुरी दर्ता भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार