गोकर्णेश्वरको देशेंमा ३३ बर्ष पछि नबदुर्गा नाच ( फोटो फिचर )
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १३:१३:५०
१६ पुस, काठमाडौं । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको नवदुर्गा गण नाच, गोकर्णेश्वरको देशेंमा ३३ बर्ष पछि सोमबारदेखि नचाउन सुरु भएको छ। सोमबार साँझ नचाइएको नाच मंगलबारसम्म दुईदिन नचाइने छ। २०४६ साल पछी नचाउन बन्द थियो । ३३ बर्ष पछी २०७९ बाट फेरी नचाउन सुरु भाको हो । यो नाच २ दिन नचाउने गरिन्छ।
इतिहास तथा शिलालेखहरूमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानी सहरको रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्त्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक विधि द्वारा देवदेवीलाई आहान गरी नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएका थिए।
नवदुर्गा देवगणमा खिंःबाजा, तंःबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव लगायतका देवगण रहेका हुन्छन्।
आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गा भवानीको प्रसाद दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी 'कालो टीका' ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुने धार्मिक विश्वास रहिआएको छ। नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने, सबै प्रकारका डर त्रासबाट मुक्त हुने समेत जनविश्वास छ। तस्बिर : नेपाल फोटो लाइब्रेरि
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइतिहासमा २०२४ लाई फर्केर हेर्दा, देशभरि के के भयो ?
पुष १७, २०८१ बुधबार
प्रविधिको विकास र प्राकृतिक समस्या समाधानमा कस्तो रह्यो सन् २०२४ को भूमिका ?
पुष १६, २०८१ मंगलबार
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मनाए ल्होसार
पुष १५, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
भ्रष्टाचार र सुशासनका विषयमा यो र त्यो नभनी पत्रकारले निष्पक्ष भएर लेख्नुपर्योः प्रचण्ड
पुष १९, २०८१ शुक्रबार
हात्तीसारमा रहेको रोनाल्डो हात्ती
पुष १९, २०८१ शुक्रबार
सुनको मूल्य दुई हजारले बढ्यो, तोलाको कति ?
पुष १९, २०८१ शुक्रबार
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज
पुष १९, २०८१ शुक्रबार