कास्की अदालतमा आरती गुरुङको बयान सकिएपछि रविसहितका आरोपीको थुनछेक बहस सुरु हुने
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १३:४३:३१
१६ पुष, पोखरा । कास्की जिल्ला अदालतमा सहकारी ठगी प्रकरणको अनुसन्धानमा रहेका रवि लामिछानेसहितका आरोपीहरुको थुनछेक बहश आजबाटै सुरु हुने भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीशसँगको बयान अन्तिम चरणमा पुगेको छ । अहिसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङसँग बयान अन्तिम चरणमा पुगेको अदालतले जनाएको छ ।
बयान अन्तिम चरणमा पुगेको र आजै थुनछेक बहस सुरु हुनेछ जानकारी दिइएको छ । यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ । प्रतिवादीहरू सबैलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग यसअघि नै बयान सकिएको हो । आरतीसँग बयान सकेर आजै थुनछेक बहस सुरु हुने भएको छ । रवि लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज
पुष १९, २०८१ शुक्रबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार