मंगलबार ३६ अंकले घटेर २५७३ विन्दुमा झर्यो नेप्से, २२३ कम्पनीका लगानीकर्ताले गुमाए
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १५:३०:०
१६ पुष, काठमाडौं । मंगलबार शेयरबजार परिसूचक नेप्से ३६ अंकले घटेको छ । खुलेदेखि नै ओरोला लागेको बजार अन्त्यमा ३६.३२ ले घटेर बन्द भएको हो । बजार घटेसँगै समग्र बजार मापक २,५७३.२६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
अघिल्लो कारोबार दिन २६०९ अंकमा रहेको नेप्से यस दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६७ करोडको भयो ।
बजार घट्दा १८ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । २२३ कम्पनीको शेयरमूल्य घटेको छ । नदीप लघुवित्त, उपकार लघुवित्त, नेपाल इन्फास्ट्रचर बैंक, रसुवागढी हाइड्रो पावर लिमिटेडलगायत कम्पनी उच्च कमाउनेमा परे । पाँच अर्ब ५६ करोड, ९२ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड २९ लाख ३५ हजार २९० कित्ता शेयर खरिद बिक्री भए ।
समूहगत उपसूचकतर्फ अन्य समूहको शेयर ०.०६ प्रतिशतले बढेको छ । घट्नेमा सबैभन्दा धेरै फाइनान्स समूह ५.१९ प्रतिशतले घटेको छ । बैंकिङ ०.९२, विकास बैंक २.७७, फाइनान्स ५.१९, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन १.५१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा ०.९५ र व्यापार २.९७ प्रतिशत घटे ।
बोटलर्स नेपाल तराईको ९.२५, मल्टिपर्पस फाइनान्सको ७.८, सेन्ट्रल फाइनान्सको ७.२२ तथा गुराँस लघुवित्तको ६.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक, नेपाल फाइनान्स, जानाकी फाइनान्स, एनएलजी इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे ४ अंकले बढेर २५८६ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ६० करोडका शेयर किनबेच भए
पुष १८, २०८१ बिहिबार
आइतबार दोहोरो अंकले घटेर २६०९ विन्दुमा रोकियो नेप्से, १५ करोडले बढ्यो कारोबार
पुष १४, २०८१ आइतबार
४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
नेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार