नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार ८:३४:३२
१८ पुस, काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डीआईजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
हालसालै एआईजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआईजी बढुवा गरिएको बढुवा समिति सचिवालयले जनाएको छ। कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए भने केसी केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए। यो बढुवामा डीआईजी जनक भट्टराई छुटेका छन्। उनी अब डीआईजीबाटै अवकाशमा जाने भएका छन्।
आफ्ना निकट ब्याचमेट सबैलाई भाग पुर्याउने योजनाअनुसार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अहिले एआईजीहरुको बढुवा गरिरहेका थिए। कुँवरसँग निकट रहेका कारण कडायतले बढुवा पाए। गृहमन्त्री रमेश लेखकसँग नजिक भएकाले केसीले बढुवा पाए भने भट्टराई शक्तिकेन्द्रको रोजाइमा परेनन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार