जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायाधीशले आत्महत्या
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार ९:२६:५९
१८ पुस, काठमाडौं । अमेरिकाको जर्जियामा एक न्यायाधीशले अदालतमै आत्महत्या गरेका छन् । ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेलले इफिंगम काउन्टी राज्य अदालत भित्र आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनलाइ अदालतका कर्मचारीले मृत अवस्थामा फेला पारेका थिए ।
घट्नाबारे अनुसन्धान गरेको प्रहरीका अनुसार येकेलले गभर्नरलाई पत्र लेखेर पदबाट राजीनामा दिन खोजेको अनुसन्धानबाट खुलेको छ । पत्रमा येकेलले डिसेम्बर ३० देखि लागू हुने गरी राजीनामा दिने तयारी गरेका थिए ।
मृत फेला परेका न्यायाधीश येकेललाई २०२२ मा राज्य अदालतमा नियुक्त गरिएको थियो। प्राप्त जानकारी अनुसार उनले भर्खरै आफ्नो पदबाट राजीनामा दिने प्रयास गरेका थिए तर जर्जियाका गभर्नर ब्रायन केम्पले सो प्रस्ताव अस्वीकार गरेका थिए।
न्यायाधीश स्टीफन येकेलले अदालतको कर्मचारी लिसा क्रफोर्डको मुद्दा पनि सामना गरिरहेका थिए, जसले येकेललाई गलत तरिकाले आफ्नो पदबाट बर्खास्त गरेको दाबी गरिएको थिया । येकेलले पदभार ग्रहण गर्दा आफ्नै कर्मचारी ल्याउने गरी कर्मचारीलाई पदबाट हटाएको आरोप लागेको थियो । सायद, यो घटनाले उनलाइ चोट पुराएको हुन सक्छ भन्ने प्रारम्भिक अनुमान गरिएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार