एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १२:१:२४
१८ पुस, काठमाडौं । एआईजीको लर्को लगाएर राज्यलाई आर्थिक भार पारिरहेको सरकारले एसएसपी, एसपी, डीएसपीको बढुवामा भने चरम राजनीति गरिरहेको छ ।
नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरूको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुन लागेका बेला २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका ११४ टोलीबाट सबैलाई मिसाएर बढुवा गर्न खोज्दा राजनीति घुसेको हो । ११४ टोलीबाट डीएसपी रमेश थापासहितका १०÷१२ जना २०७५ को अन्तिममा एसपीमा बढुवा भएका थिए । सोही बेला असईबाट आएकाहरू पनि एसपीमा सँगै बढुवा भएका थिए ।
उनीहरुलाई मिसाएर बढुवा गर्न खोजिएको छ । ११४ टोलीबाटै २०७६ को अन्तिममा वेद विष्टसहितका डीएसपीहरूको एसपीमा बढुवा भएको थियो । २३ एसएसपीको पद रिक्त भैसक्दा पनि कस–कसलाई बढुवाको सुचीमा राख्ने हो भन्ने गृहमन्त्रालयमा राजनीतिक लविङ चलिहरेको छ । असईबाट आएका र माओवादी भनिएर चिनिएका एसपीहरू आफू सुरक्षित हुन ०७५ मा बढुवा भएकालाई मात्रै एसएसपीमा बढुवा गर्नुपर्ने लबिङमा लागेका छन् । ०७६ मा बुढवा भएका एसपीहरूले ११४औँ टोलीका फ्रेस एसपीहरूलाई पनि मिसाएर एसएसपीमा बढुवा गर्नुपर्ने अडानमा छन् । आईजीपी कुँवर पनि ११४औँ टोलीमा फ्रेस प्रहरी निरीक्षकमा भर्ना भएका एसपीहरूलाई नै एसएसपीमा बढुवा गरेर अगाडि बढाउने पक्षमा रहेको स्रोतको दावी छ ।
०७५ मा असईबाट आएकालाई भ्रष्ट र खराब आचरणका एसपीलाई रोकेर ०७६ का एसपीलाई एकसाथ बढुवा गर्नुपर्ने दवाव रहेको पनि स्रोतको दावी छ । ०७५ मा बढुवा भएका एसपीहरू रमेश थापा, कृष्ण कोइराला, अनुपमशम्शेर जबरा, जनार्दन जिसी राम्रा एसपी मानिन्छन् । अब एसएसपीमा बढुवा रमेश थापा आईजीपी बन्ने दौडमा एक नम्बरमै हुनेछन् । ०७५ कै व्याचमा असईबाट आएका भ्रष्ट र विवादित छवि बनाएका एसपीहरू पनि छन् । ती विवादित र भ्रष्ट छवि बनाएका एसपीहरू एसएसपी बढुवामा पर्न न्वारनदेखिको बल लगाइरहेका छन् ।
तत्कालीन समयमा गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको चाकडी र शुभलाभ गरेर आएका एसपीहरू पनि एसएसपी बन्न जोडबल गरिरहेका छन् । असईबाट आएका एसपी सन्तोष खड्का अलि प्रभावशाली रहेका छन् । कारवाहीको सिफारिस भएका तर शक्तिकेन्द्रको आडमा जोगिएका एसपी प्रकाश रानाभाट पनि आफ्नो थप शक्ति देखाउन लागिपरेका छन् । एसपी नवराज अधिकारी पनि बढुवाको लाइनमा रहेका छन् । एसपीहरू वेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, दयानिधि ज्ञवाली, सन्तोष भट्टराई, प्रभु ढकाल, राजेन्द्रप्रसाद धमला लगायतले आफू बढुवा हुनुपर्ने भन्दै दौडधुप गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार