नेपाल सरकारको परराष्ट्र सेवामा अग्रणी भूमिका निभएकी पूर्वराजदूत बिन्देश्वरी शाहको निधन
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १२:२९:२२
१८ पुष काठमाडौं । भारतका लागि पहिलो महिला नेपाली राजदूत बिन्देश्वरी शाहको निधन भएको छ । ९१ वर्षको उमेरमा बिहीबार बिहान उनको निधन भएको हो । नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पुर्याएकी उनले विभिन्न कूटनीतिक जिम्मेवारी निभएकी थिइन् ।
शाहले सन् १९५९ मा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सेवा सुरू गरेकी थिइन् । उनले वासिङटन डिसी, ढाका र नयाँ दिल्लीमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेकी थिइन् । सन् १९८८ मा भारतका लागि राजदूत नियुक्त भएकी शाह नेपालकी पहिलो महिला राजदूत हुन् ।
सन् १९३३ फेब्रुअरी १३ मा भारतको कर्सियोङमा जन्मेकी शाहले सेन्ट हेलेन्स कन्भेन्ट, कुर्सियोङबाट स्कुले शिक्षा लिएकी थिइन् । उनले अमेरिकाको बर्नार्ड कलेज, कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेकी थिइन् ।
सन् १९६६ मा उनले डा. नारायण केशरी शाहसँग विवाह गरेकी थिइन् । उनका दुई छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह छन् । अनिल शाह पूर्वबैंकर हुन् । उज्वल शाहको भने पहिले नै निधन भइसकेको छ । शाहको निधनले नेपालको कूटनीतिक क्षेत्रमा योगदान दिने एक अनुभवी व्यक्तित्व गुमाएको छ । अन्त्येष्टि कार्यक्रम परिवारको निर्णयअनुसार गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार