एमालेले गृहमन्त्रीसंँग जवाफ माग्दा प्रचण्डले भने शेरादरबारको जग्गामा मेरो सम्लग्नता छैन
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १२:५१:५१
१८ पुस, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नुवाकोटको शेरादरवार जग्गा माओवादीले कब्जा गरेको विषय उठेको छ । शेरादरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग एमालेले जवाफ माग गरेको छ । यसबारे गृहमन्त्रीले जवाफ दिनुअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रष्ट पार्न खोजेका थिए ।
बिहीबारको समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले जवाफ माग गरेका हुन् । शेरा दरवारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ । एमालेले प्रश्न उठाएपछि बैठकमा प्रचण्डले शेरा दरबारको जग्गा कानुन विपरीत भए फिर्ता ल्याइनुपर्ने र यसमा आफ्नो पूर्ण सहयोग रहने बताए ।
उनले आफूले आफ्नै पार्टीका नेताहरू पनि संलग्न देखिए कानूनको दायरामा ल्याउनुपर्छ भनेको बताए । छानबिन गर्दैगर्दा यदि प्रचण्ड नै देखियो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै शेरा दरबार प्रकरणको अनुसन्धानमा आफूले सघाउने र सरकारलाई धन्यवाद दिने पनि बताए ।
प्रचण्डले शेरा दरबारको जग्गाका सम्बन्धमा कानुन विपरीत भए फिर्ता ल्याउन भन्दै जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस, म सरकारलाई धन्यवाद भन्छु । गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार ऐन संसोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राखेका हुन । समितिको बैठक अख्तियारसम्बन्धी विधेयकमाथि छलफल गर्न बोलाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार