गृहमन्त्रीले भने, शेरा दरबारको जग्गा फिर्ता हुन्छ, पूर्वप्रधानमन्त्रीज्यू धन्यवाद दिन तयार भएर बस्नुहोला
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १४:११:४१
१८ पुष, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारको जग्गा हिनामिनाबारे गम्भीर अनुसन्धान भइरहेको जवाफ दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उठेको प्रश्नमा जवाफ दिंदै लेखकले कारवाही हुने बताए ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई धन्यवाद दिनलाई तयार रहन पनि आग्रह गरेका छन् । बिहीबारको बैठकमा शेरादरबारबारे बोल्दै प्रचण्डले ‘कानूनविपरीत भए फिर्ता ल्याइयोस् । म सरकारलाई धन्यवाद दिन्छु‘ भनेका थिए । प्रचण्डलाई जवाफ दिंदै गृहमन्त्री लेखकले भने, शेरा दरबारसम्बन्धी गम्भिरताका साथ अध्ययन भइरहेको छ । तपाई धन्यवादी दिन तयार बएर बस्नुस ।
त्यसअघि बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरादरबारको जग्गा विवादबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ, बैठकमा एमाले सांसद बासुदेव घिमिरेले यस विषयमा सरकारको जवाफ माग गरेका थिए । जवाफमा गृहमन्त्रीले पूर्वप्रधानमन्त्रीले प्रचण्डले धन्यवाद दिन्छु भन्नुभएको छ, धन्यवाद दिन तयार भए हुन्छ । किनभने, गम्भिरताका साथ अध्ययन भइरहेको छ । कसैको नाममा गैरकानुनी काम भएको रहेछ भने सरकारले फिर्ता ल्याउँछ ।
समितिमा शेरा दरबारको जग्गा सम्बन्धी विषय उठेको छ । ‘हामी विधेयकमा छलफल गरिरहेको बेलामा यो विषयमा पनि सरकारले नै जवाफ दिनुपर्छ भन्ने विषय उठेपछि जवाफ दिनुपर्ने भयो’, गृहमन्त्री लेखकले भने, ‘शेरा दरबारको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ । दोषी देखिए कानुन बमोजिम कारबाही अगाडि बढ्छ । त्यो जग्गा गलत ढगले कसै व्यक्ति, कम्पनीका नाममा गएको छ भने त्यो फिर्ता हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार