आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १६:१:१५
१८ पुस, सिरहा । लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन् । लहानबाट सात किलोमिटर उत्तरतर्फ चुरे फेदीमा अवस्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’मा जाडोयाममा वनभोज खान आउनेको भीड लाग्न थालेको छ । तीन वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि यहाँ घुम्ने र वनभोज खानेको भीड लाग्न थालेको हो ।
करिब पाँच हेक्टरमा फैलिएको यहाँ बाह्रै महिना पानी नसुक्ने चारवटा पोखरी, वनभोजस्थल र आकर्षक उद्यान छन् । लहान नगरपालिका(१५ स्थित हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष रुद्रनारायण चौधरीले भने, ‘यहाँ वनभोज खान सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी तथा छिमेकी राष्ट्र भारतबाट समेत सर्वसाधारण आउने गर्दछन् ।’
उनका अनुसार हाल सार्वजनिक बिदा बाहेकका दिनमा करिब पाँच समूह वनभोजका लागि यहाँ आउने गरेका छन् । सार्वजनिक बिदाका दिन बीस वटासम्म समूह आउने गर्दछन् ।
लहान-१२ र २२ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल सलहेश फूलबारी, लहान-२४ मा अवस्थित मानिकदह, लहान-१५स्थित गोसाइडाँडा ताल, लहान-१७ स्थित देवीदहलगायतका स्थानमा वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ ।
लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरियाडाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइँडाँडा ताल’ निर्माण गरिएपछि वनभोज खान र घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको चुरियाडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले जानकारी दिए ।
उत्तरी लहानकै ‘देवीदह सिमसार तथा पर्यटकीय क्षेत्र’ मा पनि पर्यटकको सङ्ख्या बढेको छ । चुरे क्षेत्रका सिमसार क्षेत्रको संरक्षणमा स्थानीय सरकारले चासो देखाउन थालेका छन् । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले भने, ‘यहाँका पर्यटकीय क्षेत्रको भौतिक विकासमा हामीले उच्च प्राथमिकता दिएका छौँ ।’
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बुधबार यसक्षेत्रमा घुम्न र वनभोज खान आउनेको भीड लागेको थियो । विभिन्न देवीदेवताका मन्दिर, वनस्पति, जीवजन्तु र पशुपक्षीको बासस्थानसमेत रहेको यहाँका सिमसार क्षेत्र वनभोज, अध्ययन, अनुसन्धान र अवलोकनका लागि उपयोगी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसौराहा आउने पर्यटक ह्वातै घट्यो, अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् !
पुष २०, २०८१ शनिबार
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
पुष २०, २०८१ शनिबार
काठमाडौँ महानगरले सम्पदा क्षेत्रलाई स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार