अध्यक्ष प्रचण्डले उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुनलाई किन बनाउँदैछन् आफ्नो उत्तराधिकारी ?
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १६:८:५२
१८ पुष, काठमाडौं । लामो समयदेखि पार्टीको नेतृत्वमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वउपराष्ट्रपति भइसकेका नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा ल्याएर आफ्नो उत्तराधिकारी बनाउन चाहेको विषयले यतिबेला नेकपा माओवादीमा तरंग छ । प्रचण्डकै सल्लाहमा पुन पार्टीका बैठकहरूमा पनि सहभागी भइरहेका छन् । बिहीबारको स्थायी कमिटी बैठकमा सहभागी भएको पुनको तस्वीर माओवादीकै नेताहरूले सार्वजनिक गरे ।
पुन यसअघिका बैठकमा पनि सहभागी थिए । तर, बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पुन सहभागी भएको तस्वीर हालेर दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई प्रचण्डले पार्टी राजनीतिमा फर्काउन चाहेको एक थरी नेताले पुष्टि गरे । तत्काल सम्भव नभएपनि माओवादीभित्र प्रचण्डको विकल्पमा आउने सक्ने नेताको खोजी भने सुरु भइसकेको थियो । प्रचण्डले पनि उपयुक्त व्यक्ति तयार भएमा आफू नेतृत्वमा बसिनरहने संकेत पनि गरेका थिए । पुन प्रचण्डका पुराना विश्वास पात्र हुन् । उनी उपराष्ट्रपति भएपछि वर्षमान पुनलाई प्रचण्डले काखी च्यापेका थिए ।
पूर्वकमाण्डर जनार्दन शर्मा र प्रचण्डबीच राम्रो सम्बन्ध छैन् । नन्दबहादुर आउँदा वर्षमान पुनलाई आफ्नो भविष्यप्रति चिन्ता देखाउनुपर्ने अवस्था सिर्जना भएको छ । युद्धकालमा दुवै पुन विद्रोही सेनाका कमान्डर थिए । प्रचण्डको इच्छा नै माओवादीमा सर्वैसर्वा भएपनि नन्दकिशोर पुनलाई विशेष जिम्मेवारी दिने विषयमा माओवादीभित्र मतभेद रहेको छ । माओवादीका केही नेताहरू पुनलाई माओवादीको उपाध्यक्ष बनाउन तयार देखिएका छैनन् । तर, अध्यक्ष प्रचण्डको चाहनाअनुसार पार्टीले भूमिका दिन खोजेपछि उनीहरू विद्रोह गर्ने स्थितिमा पनि देखिएका छैनन् ।
हाल २१ सदस्यीय माओवादी केन्द्रको पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् भने उपाध्यक्षमा कृष्णबहादुर महरा, अग्नि सापकोटा र पम्फा भुसाल । यी तीन नेता माओवादीमा आफ्नो उत्तराधिकारी भएर आउने कुरामा प्रचण्ड मात्र हैन अरु नेताले पनि विश्वास गर्दैनन् । महासचिवमा देव गुरुङ छन् भने उपमहासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल छन् । यो लहरमा पनि उपयुक्त उत्तराधिकारी नदेखेपछि प्रचण्डले पुनलाई पार्टी राजनीतिमा फर्काएर जिम्मेवारी दिन चाहेको देखिन्छ ।
९ जना सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहेका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् । अब नन्दकिशोर र अमिक शेरचन दुवै जना थपिएमा माओवादीको पदाधिकारी संख्या २३ सदस्यीय हुनेछ । माओवादीको तल्लो तहमा भने उपराष्ट्रपतिको जिम्मेवारीमा रहेको र उमेरका कारणले समेत राजनीतिबाट रिटायर्ड हुनुपर्ने अवस्थामा पुगेका नेताहरूलाई पदाधिकारीमा ल्याउनु स्वभाविक नरहेको मत भएको देखिन्छ ।
पुन र शेरचनलाई उपाध्यक्ष बनाउन विधान संशोधनको विकल्पबारे पनि माओवादी पदाधिकारीले गृहकार्य गरेका छन् । माओवादी एक पदाधिकारी भन्छन्, पदाधिकारी थप भएको विषयमा अर्को महाधिवेशनमा छलफल हुनेगरी जान सकिने व्यवस्था विधानतः रहेकाले अप्ठ्यारो पर्दैन । राजनीतिक वृत्तमा चर्चा के छ भने पुनलाई प्रचण्डले पार्टी उपाध्यक्षको आश्वासन दिएर बैठकमा बोलाउने गरेका हुन् । किन भने पुन प्रचण्डका सदाबहार सारथि हुन् । जनयुद्धदेखि शान्ति प्रक्रियापछिसम्म पुन प्रचण्डकै सहयोगी थिए ।
अहिले पुनलाई सक्रिय राजनीतिमा ल्याएर पार्टीमा आफूपछिको जिम्मेवारी दिँदा पछि पार्टीमा केही समस्या आइहाले उनलाई अघिसार्न मिल्ने र राजनीतिक दलमा वार्गेनिङ गर्ने अवस्थामा आफ्नो हात माथिपर्ने अवस्था आए पुनलाई राष्ट्रपतिको उम्मेदवार पनि बनाउन सकिने सोचमा प्रचण्ड छन् । पुन आफूलाई हरदम साथ दिने नेता भएकाले पनि उनी सक्रिय राजनीतिमा फर्किंदा पार्टीभित्र आफूलाई सहज हुने प्रचण्डको बुझाइ छ । माओवादीभित्र अहिले प्रचण्डको उत्तराधिकारी को भन्ने विषयमा विवाद छ । यो विवादको खाली ठाउँ पुर्ने उपयुक्त पात्र पुन नै भएको प्रचण्डले ठानेका छन् । प्रचण्डको यो तयारीप्रति शर्मा र अर्का पुन भने असन्तुष्ट रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार