साढे ४ अंकले बढेर २५८६ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ६० करोडका शेयर किनबेच भए
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १६:२४:४६
१८ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयरबजार २५ सय ८६ अंकमा कायम भएको छ । नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा बन्द भएको हो । यसदिन नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार तीन अर्ब ५९ करोडको शेयर कारोबार भएकोमा बिहीबार चार अर्ब ६० करोडको शेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब एक करोड रूपैयाँ वृद्धि भएको हो । आज ३१५ वटा धितोपत्रको एक करोड ८६ हजार ७०५ कित्ता शेयर किनबेच भएको छ । १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै २.४० प्रतिशत बढ्यो । फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.८७, जीवन बीमा ०.३७, उत्पादन ०.८०, निर्जीवन बीमा ०.७७ प्रतिशत बढे । व्यापार २.०३, अन्य १.८४, माइक्रोफाइनान्स ०.२१, लगानी ०.३३ तथा बैंकिङ ०.१५ प्रतिशत घटे ।
सपोर्ट माइक्रोफाइनान्सको ५.०२, जानाकी फाइनान्सको ३.६, नेपाल टेलिकमको ३.२ तथा पोखरा फाइनान्सको मूल्य ३.१ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स संस्थापक, न्यादी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, कर्पोरेट डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।
न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सामुदायिक लघुवित्तको ९.९, सप्तकोशी विकास बैंकको ९.९, सिन्धु विकास बैंकको ९.७९ तथा सुपरमादी हाइड्रोपावरको ९.६, ग्रीन डेभलपमेन्ट बैंकको ९.२, कर्पोरेट डेभलपमेन्ट बैंकके ९, रिभरफल्स पावरको ८.८, आत्मनिर्भर लघुवित्तको ७.८ तथा त्रिशुली जलविद्युतको ६.६ प्रतिशत मूल्य बढ्यो ।
सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा न्यादी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ४९५ रूपैयाँमा २० करोड ७२ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमंगलबार ३६ अंकले घटेर २५७३ विन्दुमा झर्यो नेप्से, २२३ कम्पनीका लगानीकर्ताले गुमाए
पुष १६, २०८१ मंगलबार
आइतबार दोहोरो अंकले घटेर २६०९ विन्दुमा रोकियो नेप्से, १५ करोडले बढ्यो कारोबार
पुष १४, २०८१ आइतबार
४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार