रविसहित ४४ जनालाई मुद्दा चलाउन सिफारिस गर्दै प्रहरीले बुझायो स्वर्णलक्ष्मीको अनुसन्धान प्रतिवेदन
एक अर्ब १८ करोड हिनामिना
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १७:०:२
१८ पुष, काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । काठमाडौंको कालीमाटीस्थित रहेको स्वर्णलक्ष्मी सहकारी हिनामिनामा प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार जिल्ला सरकारी वकिल, कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गरेको हो ।
प्रहरीले सो सहकारीमा एक अर्ब १८ करोड हिनामिना भएको भन्दै ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । रवि लामिछानेलाई समेत प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले स्वर्णलक्ष्मी सहकारीको ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदन आएको बताए ।
कार्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उप–समिति सदस्य कमल लामा पक्राउ परेका थिए । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपीहरू मध्ये ५ जना थुनामा छन् । रवि लामिछाने र पूर्व डीआईजी जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कोषाध्यक्ष कुमार रम्तेल कारागारमा छन् । स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ बचतकर्ताले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ जम्मा गरेको खुलेको थियो । बचतकर्तामध्ये ६९० जनाले प्रहरीमा उजुरी दिएका थिए ।
उनीहरूकै उजुरीका आधारमा गएको कार्तिक २१ मा सहकारी लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरेर काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो । संगठित अपराध मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । सुनितालाई प्रहरीले गत २० कात्तिकमा पक्राउ गरेकाले २० पुसभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने हुन्छ । सरकारी वकिल कार्यालयले शुक्रबार नभ्याए आइतबार मात्र मुद्दा दायर हुने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार