ओलीको राजनीतिक प्रतिवेदनः कांग्रेस-एमाले सत्ता सहकार्यमा कोर्स करेक्सन कि समीक्षा मात्रै ?
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १७:३६:६
१८ पुष, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग सत्ता गठबन्धन गरेपछि सुरु भएको राजनीतिक कोर्सको समीक्षा गर्ने गरी प्रतिवेदन बनाएका छन् । केन्द्रीय सचिवालको बिहीबारको बैठकले पुस २१ देखि हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव पारित भएको छ । यसमा कांग्रेस–एमाले गठबन्धनपछि सुरु भएको राजनीतिको समीक्षा गरिएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको बताए । उनले राजनीतिक प्रतिवेदनका मुख्यमुख्य विषयमा छलफल पनि भएको जानकारी दिए । प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको उनको भनाइ छ ।
एमाले र कांग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र त्यसले सिर्जना गरेका अवसरहरूका बारेमा प्रतिवेदनमा चर्चा गरिएको उनले बताए । अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने छन् । उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको बताए ।
उनले सरकारका कामलाई प्रभावकारी बनाउन सुझाव दिनुका साथै ०८४ मा एमालेलाई बलियो राष्ट्रिय शक्ति निर्माणका लागि कार्यायोजना बनाउने बताए । नयाँ राजनीतिक कोर्स सुरु भएपछिको राजनीतिक परिस्थितिको विश्लेषण र राष्ट्रिय शक्ति निर्माण गर्ने मुख्य निर्णय हुने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार