ग्लोबल बैंकको वार्षिकोत्सवको अवसरमा 'फोनपे क्यूआर'मा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १८:३१:२४
१८ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आबद्ध भएका 'क्यूआर कोड' मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरू सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा यो योजना पौष १८ गते बिहिबारदेखि माघ १८ शुक्रबारसम्म संचालनमा ल्याएको छ ।
यस उपहार योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकमा आवद्ध भएका तर हाल सम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजनाअवधीमा रु. १८० वा सो भन्दाबढी रुपैयाँको भुक्तानी 'फोनपे क्यूआर कोड' मार्फत् प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक रु. १८० क्यास्ब्याक प्राप्त गर्नेछन् र योजनाअवधिभर 'क्यूआर कोड' मार्फत भुक्तानी लिने मर्चेन्टहरु मध्य प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन् । योजना अवधिभरमा ४ जना मर्चेन्टहरुले स्मार्टफोन जित्नेछन् ।
साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधी भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन् । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको 'बेष्ट बैंक अवार्ड २०२४' तथा 'युरो मनी अर्वाड फर एक्सलेन्स २०२४' अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार