धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार २१:२५:३६
१८ पुस, सुनसरी । धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा धरान उत्सवको आयोजना गर्ने भएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले यही पुस २० देखि २४ गतेसम्म धरान उत्सवको आयोजना गरिने बताए । पुस २० गते विभिन्न संघसंस्थाका झाँकी र ¥यालीले बजार परिक्रमापछि धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा उत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।
उनले भने, “उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते शुक्रबार उत्सव क्षेत्रमा बृहत् सरसफाइ गर्ने छ ।” धरान उपमहानगरपालिका १६ स्थित रंगशालाको दक्षिणपट्टिको खाली मैदानमापुस पुस २० गतेदेखि हुने उत्सवमा उद्घाटन कार्यक्रममा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम राखिएको छ भने उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री कक्ष राखिने नगरप्रमुख राईले बताए ।
पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन–१ र लोक जुहारी कार्यक्रम रहने छन् भने पुस २३ गते वाकाथुन, रस्सी तान र छेलो हान्ने कार्यक्रम रहेको छ । पस २४ गते श्रमदाता ¥याली, सांस्कृतिक झाँकी प्रस्तुति, प्रशंसापत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिए ।
उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रुपमा मनाउने गरेको छ । कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरुको आयोजना गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार