मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १४:२०:२१
१९ पुस, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले संघीय निजामती सेवाको विशिष्ट पदको कार्यकाल घटाउन प्रस्ताव गरेका छन् । उनले मुख्य सचिव, सचिव र अतिरिक्त सचिवको कार्यकाल प्रस्ताव गरेका हुन् । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष रेग्मीले मुख्य सचिवको अवधि २ वर्षमा झार्ने प्रस्ताव गरे ।
संघीय निजामती सेवामा यस सम्बन्धी व्यवस्था राख्न रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् । मुख्य सचिवको अवधि २ वर्ष, सचिवको ३ वर्ष र अतिरिक्त सचिवको अवधि ४ वर्ष कायम गर्न उनको प्रस्ताव छ । हाल मुख्य सचिवको अवधि ३ वर्ष र सचिवको ५ वर्ष रहेको छ । यसलाई घटाउन उनको प्रस्ताव छ । उनले जिल्लाको मर्यादामा सीडीयोलाई एक नम्बरमा राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी नेपाल सरकारको प्रतिनिधि भएकाले जिल्लाको मर्यादाको एक नम्बरमा प्रमुख जिल्ला अधिकारी नै हुनुपर्छ । जिल्लाको समग्र शान्ति सुरक्षाको जिम्मेवारी बोध गराउने सीडीयो भएको उनको भनाइ छ । यस्तै रेग्मीले निजामतीमा सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव पनि गरेका छन् ।
उनले सेवा प्रवेशमा पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव लिखित रुपमै पेस गरेका छन् । समावेशीतर्फ आउने अपांगता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने भनिएको छ । अनिवार्य अवकाश भने ६० वर्ष कायम गरिनुपर्ने प्रस्ताव आयोगको छ । हाल ५८ वर्ष छ । यसलाई बढाएर ६० वर्ष पुयाउन उनको प्रस्ताव छ ।
अध्यक्ष रेग्मीले निजामती सेवामा एउटा आधिकारिक ट्रेड युनियन राख्दा हुने प्रस्ताव राखेका छन् । आयोगको तर्फबाट समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथि सुझाव राख्ने क्रममा अध्यक्ष रेग्मीले एउटा आधिकारिक ट्रेड युनियन राख्दा हुने बताए । एक मात्र आधिकारिक ट्रेड युनियनमा केन्द्रित गरिनुपर्छ र निजामतीमा सेवा प्रवेशको हद ३२ र ३७ वर्ष उपयुक्त, उनले भने ।
निजामतीमा सेवा प्रवेशको हद खुलामा ३२ वर्ष र समावेशीमा ३७ वर्ष राख्नुपर्ने उनको प्रस्ताव हो । सेवा प्रवेशको हकमा खुला ३२ र समावेशीको हकमा ३७ वर्ष नै उपयुक्त हुने उनको भनाइ छ । प्रस्तावित विधेयकमा पनि सेवा प्रवेशका लागि पुरुषको लागि ३२ र महिलाको लागि ३७ वर्षको समयसीमा राख्ने भनिएको छ । सांसदहरूले भने अहिले रहेको जस्तै पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष नै उचित हुने तर्क गरेका छन् । यसैगरी रेग्मीले सहसचिवमा खुलाबाट १० र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव राखेका छन् ।
माथिल्लो तहमा १० प्रतिशत र ९० प्रतिशत आन्तरिक बढुवाबाट गर्नु उपयुक्त हुने, यसो गर्दा राम्रो पनि खुलाबाट आउन सक्ने र सेवामा रहेकाहरू पनि खुलामा नाम निकाल्ने भनेर परीक्षाकै तयारीमा रहन्ने उनले बताए । राज्य व्यवस्था समितिमा विधेयमाथि छलफल भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार