टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १५:०:३२
१९ पुस, कैलाली । कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो ।
तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटीले भुराखानी सामुदायिक वनसँग रूखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ । एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले पार्टीले ट्याक्टर र जेसिबीको सहयोगमा सामुदायिक वनसँग दाउरा मागेर बजारका केही चोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताए ।
भुराखानी सामुदायिक वन कार्यालयका सचिव बलबहादुर विकले सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाउँछौँ भनी माग भएपछि दाउरा उपलब्ध गराइएको बताए । “रूखका जरा निकालेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।”
टीकापुर नगरपालिका–४ ले पनि आफ्नो वडामा रहेका चोकहरुमा आगो ताप्ने व्यवस्था मिलाएको छ । ढलेका रुख र रुखका जरा खनेर चोकचोकमा दाउरा वितरण गर्न थालिएको वडाध्यक्ष लालवीर चौधरीले बताए । ‘‘माघी पर्वको पूर्वसन्ध्यामा गाउँगाउँमा मुढा बाल्ने चलन छ”, उनले भने, “चिसो बढेकाले नागरिकलाई राहत होस् भनी दाउरा वितरण गर्न थालेका हौँ ।”
यस्तै टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ । अध्यक्ष जीतराम चौधरीका अनुसार विगतका वर्ष झैँ यस वर्ष पनि सामुदायिक वनमा रहेका रुखका जरा निकालेर दाउरा वितरण गरिनेछ । “गत वर्ष ७० चोकमा दाउरा वितरण गरेका थियौँ”, उनले भने, “यस वर्ष पनि तिनै ठाउँमा दाउरा दिइनेछ । चिसो बढेकाले वनसँगै जोडिएका गैरउपभोक्तालाई पनि दाउरा उपलब्ध गराउने गरेका छौँ ।” चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार