मन्त्रालयमा जिल्ला सुरक्षा समितिको भर्जुअल बैठक राखेर गृहमन्त्रीले भने, परिणाममुखी काम देखिएन
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १६:४७:३८
१९ पुष, काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार गृह मन्त्रालयमा जिल्ला सुरक्षा समितिको भर्चुअल बैठक राखेर परिणाममुखी काम नभएको बताएका छन् । उनले सुरक्षा अधिकारीहरुलाई सिमित स्रोत र साधनबाट परिणाममुखी काम निकाल्न निर्देशन दिएका छन् । मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा लेखकले लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा थपिएर आएको बताए । अहिले चुनौतीका रुपमा देखा परेका तीनवटै विषय एक–अर्कासित सम्बन्धित छन्, त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गर्न आवश्यक छ । सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा बढी ध्इान दिनुस, उनले भने ।
सार्वजनिक सम्पतीको संरक्षण र अतिक्रमण हटाउने विषयमा पनि जोड दिएर लाग्नपर्ने उनले बताए । भर्चुअल बैठकमा सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयको विभिन्न महाशाखाका प्रमुख र देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहभागी थिए । मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको मन्त्री लेखकको दावी थियो ।
उनले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्ने र शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी बहन गर्नुपर्ने बताए । बैठकमा गृहसचिब गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिए । उनले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवाप्रवाहमा ध्यान दिन र विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्न आवश्यक रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार