१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १७:१६:५७
१९ पुष, काठमाडौं । सरकारले १८ जनालाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले १८ जनालाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको हो । यस्तै ५७ जना शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस भएको छ । कार्यसम्पादन मूल्यांकनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि शुक्रबार सूचना निकालेको छ ।
सचिवालयले बढुवा समितिको पुस १९ को निर्णयअनुसार प्रशासन सेवाका उपसचिवलाई कार्यक्षमताको मूल्यांकनबाट बढुवा सिफारिस गरेको जनाएको छ । उपसचिवबाट सहसचिवमा बढुवा सिफारिस हुने पहिलो नम्बरमा प्रेमप्रसाद लुइँटेल, दोस्रो नम्बरमा रामदत्त पाण्डेय, तेस्रो नम्बरमा लक्ष्मण ढकाल, चौथो नम्बरमा विनीता भट्टराई र पाँचौ नम्बरमा दिलकुमार तामाङ रहेका छन् ।
लक्ष्मी पाण्डेय, मनिता श्रेष्ठ, लोकबहादुर सुनार र जगदीश्वर उपाध्याय पनि बढुवा सिफारिसमा परेका छन् । नारद गौतम, निर्मल ढकाल, वीरेन्द्रकुमार मिश्र, राजेन्द्रकुमार हमाल, इन्द्रप्रसाद बस्याल, शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही बढुवा सिफारिस सूचीमा छन् । बढुवा समितिले कार्यक्षमताको मूल्यांकनबाट सिफारिस गरेका १८ जना उपसचिवलाई नै शतप्रतिशत अर्थात १०० अंक दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार