स्टार्टअप कर्जा परियोजनाका लागि ५१५८ वटा प्रस्ताव परेकोमा १३१४ मात्र परे प्रारम्भिक छनोटमा
नेपालबहस संवाददाता
पुस २१, २०८१ आइतबार १६:३३:२९
१ पुस, काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जा अन्तर्गत कर्जा प्रदान गर्न पहिलो चरणमा १ हजार ३ सय १४ वटा परियोजना छनोट गरेको छ । यो चालु आर्थिक वर्ष २०८१/८२ मा दिने कर्जाका लागि हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कुल ५ हजार १ सय ५८ परियोजनाबाट प्रारम्भिक सूची प्रकाशित गरेको छ । छनोट भएकामध्ये करिब ७ सय परियोजनालाई स्टार्टअप उद्यम कर्जा उपलब्ध गराइनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको प्रतिष्ठानले प्राप्त भएको कूल ५ हजार १ सय ५८ वटा परियोजनासम्बन्धी प्रस्तावमध्ये प्रारम्भिक सूचीमा परेका परियोजनाको विवरण सार्वजनिक गरेको हो । प्रतिष्ठानले गत भदौ ११ गतेदेखि ३१ गतेसम्म प्रस्ताव आह्वान गरेको थियो ।
आगामी चैतको दोस्रो सातादेखि कर्जा उपलब्ध गराउने प्रक्रिया सुरु हुने बताइएको छ । प्रारम्भिक सूचीमा छनोट भएका परियोजनासम्बन्धी व्यवसायिक योजना प्रस्तुतिकरण आगामी पुष १ गतेदेखि चैत ११ गतेसम्म सञ्चालन हुनेछ । उक्त व्यवसायिक योजना प्रस्तुतिकरण र विभिन्न प्रकारका मूल्याँकनको आधारमा यसमध्ये करिब ७ सय परियोजना छनोट गर्ने योजना छ ।
प्रस्तुतीकरणका लागि एक परियोजनालाई १० मिनेट समय उपलब्ध हुनेछ । प्रस्तुतीकरणको ढाँचासमेत सार्वजनिक गरिएको छ । प्रस्तुतीकरणका बेला उद्यम/व्यवसायको तस्वीर र दृष्यसमेत खिचेर १ मिनेट बराबर भिडियो अनिवार्य लिनुपर्ने गरी तोकिएको छ । प्रस्तुतीकरणमा आफ्नो परियोजनामा कुन पक्षमा नवीनतम सोच राखिएको छ भन्नेबारे स्पष्ट पार्नुपर्ने भएको छ ।
चालु आवमा स्टार्टअप कर्जा कार्यक्रमका लागि सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यस कार्यक्रम मार्फत ३ प्रतिशत ब्याजदरमा विनाधितो कर्जा प्रवाह गर्ने योजना छ । सोही अनुसार स्टार्टअप उद्यमीबाट प्रस्ताव आह्वान गरिएको थियो । छनोट भएका ७ सय परियोजनालाई मागको आधारमा बैंकमार्फत उद्यमको लागि कर्जा प्रदान गरिने बताइएको छ । कार्यविधि अनुसार तोकिएको १९ क्षेत्रमा परियोजनाको आवेदन प्राप्त भएको छ ।
यसमध्ये सबैभन्दा कृषि तथा पशुपन्छी, सूचना प्रविधि, पर्यटन, फर्निचर, लघु उद्योग, निर्माण सामग्री, वर्कसप, गार्मेन्ट तथा ह्याण्डी क्राफ्ट उद्योग, फेव्रिकेशन, मेटल तथा ग्लास, क्याफे तथा रेष्टुँरा, स्पोेर्टस तथा संगित, होस्टेल, खाद्य प्रशोधनलगायतका क्षेत्रमा सबैभन्दा बढी परियोजनासम्बन्धी आवेदन प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
गत् आर्थिक बर्षमा २५ करोड रुपैयाँ बिनियोजन गरिएको थियो । उक्त रकमबाट १६५ परियोजनालाई कर्जा प्रदान गरिएको थियो । प्रतिष्ठानका अनुसार गत बर्ष उपलब्ध गराइएको कर्जा रकममध्ये झण्डै साँवा व्याज गरी झण्डै ६५ लाख रुपैयाँ फिर्ता पनि आइसकेको छ । कार्यविधिले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई यो कार्यविधिभित्र समावेश गरेको छ । कार्यविधिअनुसार स्र्टाटअप उद्यमको लागि वार्षिक ३ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
जसअनुसार उद्यम व्यवसाय दर्ता भएर १० बर्ष ननाघेको, प्राइभेट, फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रुपमा दर्ता गर्ने निकायमा दर्ता भएको र उद्यम व्यवसाय स्थापना भएपछिको कुनै पनि आर्थिक बर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा बढि ननाघेको मापदण्ड तोकिएको छ ।
यस्तै सञ्चालित उद्यम व्यवसाय नगाभेर वा नटुक्राएर नयाँ उद्यम व्यवसाय गरेको र नवीन तथा सिर्जनशील सोचलाई उद्यम व्यवसायको रुपमा रुपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको उद्यमलाई कर्जा प्रवाह गर्न सकिने कार्यविधिले व्यवस्था गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
आज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार