स्वर्णलक्ष्मी सहकारी ठगीः फिक्कल गाउँपालिका उपाध्यक्ष बरालविरुद्ध पनि मुद्दा दायर
नेपालबहस संवाददाता
पुस २१, २०८१ आइतबार २०:५६:३०
२१ पुस, काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले कालिमाटिस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनलाई प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । बराल स्वर्णलक्ष्मी सहकारीका सञ्चालक समिति सदस्य समेत हुन् ।
उनीसहित यो सहकारीमा ३९ जनालाई प्रतिवादीलाई बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
यसअघि उनीविरुद्ध दुई वटा सहकारीमा मुद्दा दायर गरिएको थियो । उनीविरुद्ध बुटवलको सुप्रिम सहकारी र काठमाडौं पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारीमा पनि मुद्दा दायर भएको थियो । अहिले यी दुबै मुद्दा बिचाराधीन अवस्था छन् । तीन वटा सहकारी ठगीका आरोपी बराल एमालेबाट निर्वाचित फिक्कलल गाउँपालिका उपाध्यक्ष हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरणः रवि लामिछाने बुधबार रूपन्देही अदालतमा उपस्थित हुने
माघ ८, २०८१ मंगलबार
उच्च अदालत पोखराले जिल्लासँग माग्यो रविसहित ७ जनालाई धरौटीमा छाड्नुको कारण
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार