‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
नेपालबहस संवाददाता
पुस २१, २०८१ आइतबार २१:४३:०
२१ पुस, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतमा राखेर काम गरिरहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयले आज धनगढीमा आयोजना गरेको प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा शुभारम्भ कार्यक्रममा उहाँले सीमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले प्रयास गरिरहेको बताए ।
मुख्यमन्त्री शाहले निःशुल्क रक्त सेवालाई प्रभावकारी बनाउँदै बढीभन्दा बढी जनता लाभान्वित हुने अवस्था बनाउने गरी लाग्न सबैलाई आग्रह गरे । उनले भने, “निःशुल्क रक्त सेवा सुरुआत भएको छ । यसलाई प्रदेशका बढीभन्दा बढी जनता लाभान्वित हुनेगरी अगाडि बढाउन आवश्यक छ । यस्ता काममा प्रदेश सरकारको सधैँ सहयोग रहन्छ । हामी अति आवश्यक कुरामा सधैँ उदार छौँ । यसबाट आमजनता लाभान्वित हुने अपेक्षा छ ।”
सामाजिक विकासमन्त्री मेघराज खड्काले निःशुल्क रक्त सेवाले विपन्न बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारले यसलाई प्रभावकारी बनाउँदै लैजाने बताए । मुख्यमन्त्री शाहले गत साउन २१ गते पदभार ग्रहण गर्दा प्रदेशभर निःशुल्क रगतको व्यवस्था गर्ने निर्णय गरेका थिए । सोही निर्णयको कार्यान्वयन गर्दै आइतबारबाट प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरु गरिएको हो ।
सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्य गरी प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउने जनाएको छ । यसका लागि रक्तसञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग मन्त्रालयले सम्झौता गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार