आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार ११:१९:२७
२२ पुस, काठमाडौं । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले आन्तरिक लोकतन्त्रको खोजी गर्दै नेतृत्वमाथि प्रश्न उठाएका छन् । केन्द्रीय कमिटीको बैठकमा पार्टीका पूर्व उपाध्यक्ष भीम रावलको निष्काशन र स्थायी कमिटी सदस्य वृन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई गरिएको कारवाहीको सन्दर्भ जोड्दै केन्द्रीय सदस्यहरूले आन्तरिक लोकतन्त्रको विषयमा प्रश्न उठाएका हुन् । उनीहरुले यो निर्णयबाट पार्टीलाई ठूलो क्षति पुग्ने र यसलाई तुरुन्तै फिर्ता लिन आग्रह गरेका थिए । पार्टीका केन्द्रीय सदस्यहरु झपट रावल, यज्ञ बोगटी, प्रकाश शाह, नरबहादुर धामी लगायतका नेताहरूले बैठकमा जोडदार कुरा राखेका थिए । तर उनीहरुको कुरा सुनुवाई हुन नपाउदै सुरुमै उनीहरुको कारवाही अनुमोदन गरिएको थियो ।
नवौं महाधिवेशनसम्म आन्तरिक लोकतन्त्र बाँकी थियो । तर, ११औं महाधिवेशनको सम्मुखसम्म आइपुग्दा आन्तरिक लोकतन्त्र निकै कमजोर भएको उनीहरुको ठहर छ । एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली नै सर्वेसवा भएका छन् । पार्टी निर्णयहरूमा उनकै चाहना हाबी हुन्छ, उनकै प्रवृत्ति र प्रभावहरूबाट निस्किन्छन् पार्टी निष्कर्षहरू । एमाले बैठकहरूमा अरु नेताहरू ओलीलाई घेरा हाल्न मात्रै बसेको जस्तो ! ओली बाहेक अरु नेताका कुरा एमालेमा बिक्न रहेकाले आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।
अहिलेको अवस्था यस्तो छ कि ओलीको रोजाइमा नपरेका नेताहरू सडकमै पुग्छन् भन्ने दृष्टान्त शरु भएको छ । आफ्नो कमजोरी औँल्याइदिने एक÷एक नेतामाथि ओलीले कारबाहीको डन्डा चलाउँछन् । त्यसको पछिल्लो उदाहरण हो— लुम्बिनी प्रदेशका एमाले नेता तथा सांसद दुर्गा चौधरी पार्टीबाट निष्कासन । उनलाई पार्टी अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको आलोचना गरेको भन्दै कारबाही गरियो । चौधरीको दाबी छ— पार्टीका नेताको आलोचना गर्दा कारबाही भोग्नुपर्यो । त्यसो त चौधरी पहिलो नेता होइनन्, जो अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दा कारबाहीमा परे । एमालेमा थुप्रै त्यस्ता नेताहरू छन्, जसले ओलीको आलोचना गर्दा घोषित वा अघोषित रूपमा कारबाहीको भागीदार बन्नु परिरहेको छ ।
अलि अघि नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ओलीले कारवाही गरे तर केन्द्रीय कमिटीको बैठकमा स्वर सानो भयो । पार्टीले व्यवसायी मीनबहादुर गुरुङबाट कार्यालयका लागि लिएको जग्गाको सन्दर्भमा उनीहरूले आफ्नो मत दिएका थिए । ओलीलाई उनीहरूको संयुक्त सुझाव थियो— जग्गा तुरुन्त फिर्ता गर्नुपर्छ, लिँदा स्वार्थ बाझिन्छ । यसलाई ओलीले पार्टी हितविपरित बोलेको कारवाही नै ठोकिदिए ।
आइतबारको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले १४ वटा सचिवालय बैठक र एउटा पोलिट्ब्युरो बैठकका निर्णय अनुमोदनका लागि पेस गरेका थिए । यसरी पहिला अनुमोदन गर्ने र त्यसपछि छलफल गराउने गरी अपनाइएको बैठकको कार्यविधिमा प्रश्न उठाउँदै केन्द्रीय सदस्य प्रकाश शाहले भीम रावलमाथिको कारबाहीले सुदुरपश्चिममा पार्टीलाई ठूलो क्षति पुग्ने बताएका थिए । आग्रह पूर्वक गरिएको यस्तो कारबाहीमा पार्टीले पुनरवलोकन गर्नुपर्ने धारणा उनले राखे ।
यस्तै केन्द्रीय सदस्य झपटबहादुर रावलले पनि भीम रावलमाथिको कारबाही फिर्ता लिनुपर्ने धारणा राखे । विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई अभिव्यक्ति दिएकै आधारमा गरिएको कारबाहीमा पनि पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो । आठौँ केन्द्रीय समितिको बैठकको पहिलो दिन २७ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । आइतबार बोल्ने प्रायः सदस्यहरू सुदूरपश्चिम, कर्णाली र केही लुम्बिनीका थिए । सुदूरपश्चिमबाट शाह र रावलका अलावा अफिलाल उखेडा, झपट बोहरा, यज्ञ बोगटी, कमला ओलीलगायतले छलफलमा भाग लिएका थिए । कर्णालीबाट गुलाबजंग शाह, दल रावल, नगेन्द्र शाही (नेसनल) र धर्मराज रेग्मीले बोलेका थिए । लुम्बिनीबाट शिवराज सुवेदी, खड्कबहादुर खड्का लगायतले आफ्ना धारणा राखे । बैठकमा सहभागी नेताका अनुसार, नेताहरूमाथि गरिएको अनुशासनको कारबाहीका विषयमा प्रकाश शाह र झपट रावलबाहेक अन्यले खुलेर बोल्न सकेका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार