अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार १२:१५:४९
२३ पुस, काठमाडौं । अष्ट्रेलियाको सामाजिक सञ्जाल सम्बन्धी नयाँ कानुनको अहिले निकै चर्चा भइरहेको छ । उसले १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ ।
छिमेकी मुलुक भारत सरकारले डिजिटल पर्सनल डाटा प्रोटेक्शन (डीपीडीपी) को मस्यौदा पनि प्रस्तुत गरेको छ, यो ऐनअनुसार बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्नुअघि अभिभावकको अनुमति लिनु पर्ने नियम बनाउँदैछ, अर्को छिमेकी मुलुक चीनमा त लगभग सबै सामाजिक सञ्जाल प्रतिबन्ध जस्तै रहेको छ ।
तर, तपाइलाई यो थाहा नहुन सक्छ कि अष्ट्रेलिया जस्तै विश्वका अन्य १० देशमा पनि सामाजिक सञ्जाल प्रतिबन्धित गरिएको छ । अष्ट्रेलियाले बालबालिकाका लागि मात्रै सामाजिक सञ्जाल एपमाथि प्रतिबन्ध लगाएको छ । विश्वका १० देशमा फेसबुक, इन्स्टाग्राम र ट्विटर जस्ता एप या त पूर्ण रूपमा प्रतिबन्धित छन् वा प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
उत्तर कोरियाः सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाएको छ भने इन्टरनेट प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ ।
चीनः फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो, सरकारले वी च्याटबाट काम गर्ने अनुमति दिएको छ ।
ब्राजिलः झुटा समाचार फैलाएको भन्दै ट्विटरमा प्रतिबन्ध लगाइएको छ ।
इरानः राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै इरानमा फेसबुक, ट्विटर र युट्युब पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
साउदी अरेबियाः सामाजिक सञ्जालमा कडा नजर राख्छ, मुख्यतया शाही परिवारका बारेमा लेख्न प्रतिबन्ध गरेको छ ।
टर्किः ट्विटर, युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जाल एपहरूमा सेन्सरसिप लगाएको छ।
रुसः सामाजिक सञ्जालमा कडा प्रतिबन्ध लगाइएको छ, राष्ट्रिय सुरक्षामा खतरा देखिएमा इन्टरनेट सुविधा पनि बन्द गर्दछ
संयुक्त अरब इमिरेट्सः यहाँ साइबर अपराध कानून धेरै कडा छ। सरकार र इस्लाम विरुद्ध बोल्ने पक्राउ पर्न सक्छ र क्षतिपूर्ति पनि तिर्न सक्छ।
इजिप्टः इजिप्टमा पनि सोसल मिडियामा कडा प्रतिबन्धहरू लागु भएका छन्।
भियतनामः सरकार विरुद्ध केही लेखेमा तुरुन्त गिरफ्तारी हुन सक्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने छ : सञ्चारमन्त्री गुरुङ
माघ ४, २०८१ शुक्रबार
चीनः भु-उपग्रहमार्फत १.५० लाख किमी टाढा रहेका बिरामीको सफल शल्यक्रिया
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार