कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १४:६:५७
२४ पुस, काठमाडौं । कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युएसएड (USAID) सँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले जनाएकाे छ ।
वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशीलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देशहरू विकास गरि नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरुको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
माघ ४, २०८१ शुक्रबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार