बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १८:२५:४८
२४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका १० वटा वडाले बागमती सफाइ अभियानलाई सहयोग गर्ने सहमति जनाएका छन् । काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको अध्यक्षतामा आज बसेको बैठकले आगामी दिनमा वडाको समन्वयमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अगुवाइमा प्रत्येक शनिबार हुँदै आएको सफाइ अभियानमा अबदेखि महानगरपालिकाका तत् तत् क्षेत्रका वडाध्यक्षसहितका जनप्रतिनिधिको सहभागिता रहने सहमति भएको अभियन्ता रामशरण कार्कीले जानकारी दिए ।
बैठकले आगामी साताको सरसफाइ वडा नं– ८ का वडाध्यक्षको संयोजनमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । काठमाडौं महानगरपालिकाका विभिन्न १० वटा वडा भएर बागमती बगेकोमा त्यसमध्ये आजको बैठकमा ७ , ८, ९, १० ,११ , १२ र १४ का वडाअध्यक्षले सहमति जनाएका हुन् । बैठकले आगामी दिनमा फोहर वर्गीकरण, व्यवस्थापन तथा पुनः प्रयोग गर्न प्रोत्साहन गर्ने तथा हेलचेक्रयाइ गर्नेलाई जरिवानासमेत गर्ने निर्णय गरेको छ ।
बागमती सफाइ अभियानका प्रमुख अभियन्ता लीलामणि पौड्यालको उपस्थितिमा बसेको बैठकले अधिकार सम्पन्न बागमती समितिले परियोजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्ने निर्णय गरेको छ । विस २०७० जेठ ५ गतेबाट सुरु अभियानका क्रममा हालसम्म २० हजार टन बढी फोहर संकलन भइसकेको जनाइएको छ ।
सफाइ अभियानमा विभिन्न सङ्घ, संस्था, नागरिक समाज, अधिकारकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति संलग्न हुँदैआएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार