विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १८:४८:५९
२४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् ।
परराष्ट्रमन्त्री डा राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले विपिनको अवस्था बारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी थिइन्।
सो भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेतका नाजुक स्वास्थ्यवस्थामा रहेका नागरिकहरुको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई नियन्त्रणमुक्त गर्ने तयारी रहेको भन्ने सूचना आएको जानकारी गराएका थिए ।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजार बढी व्यक्तिको हत्या गरेको थियो । त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरेकोमा विपिन जोशी पनि छन् । विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ ।
संयुक्त राष्ट्रसङ्घ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय बैठकहरुमा परराष्ट्रमन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायलाई विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार