लुम्बिनी प्राविधिक विश्वविद्यालय जनशक्ति उत्पादनको केन्द्र बन्नुपर्छः मुख्यमन्त्री आचार्य
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार २१:५४:३७
२४ पुस, नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई विश्व बजारमा काम गर्नसक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । विश्वविद्यालयको छैटौं सभा (सिनेट) लाई आज यहाँ सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्वविद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको धारणा राखे ।
“यो विश्वविद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौं, देशका विभिन्न स्थानबाट यहाँ पढ्न आउने वातावरण सरकारले सृजना गर्न चाहन्छ”, उनले भने, “युगले खोजेको जनशक्ति उत्पादन गर्दै विश्वविद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्नेबारेमा गम्भीर भएर लाग्न जरुरी छ ।” प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने सङ्कल्पसहित विश्वविद्यालय स्थापना भएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाको अध्ययन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएकोसमेत जानकारी गराए । विश्वविद्यालयको सिनेट बैठकमा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगतिको समीक्षा, चालु आवको बजेट तथा कार्यक्रमलगायत विविध विषयमा छलफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
आर्थिक कुटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार