जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
नेपालबहस संवाददाता
पुस २५, २०८१ बिहिबार ९:३६:१५
२५ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत बुधबारदेखि सुरु दुई छुट्टाछुट्टै खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बलियो अवस्थामा देखिएका छन् । पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ भने मधेस प्रदेशविरुद्धको खेलमा नेपाल प्रहरी ४५ रनले अगाडि छ । जारी प्रतियोगिताको तेस्रो खेलमा मधेस प्रदेशले पहिले ब्याटिङ गर्दै ४२ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । उसका लागि मयन यादवले सर्वाधिक ५९ रनको पारी खेले भने अभिशेख तिवारीले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
मधेसलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि गुलशन झाले पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट लिए । साथै श्रवण यादव र ललित राजवंशीले एकरएक विकेट लिए । जवाफमा नेपाल पुलिस क्लबले पहिलो दिनको खेल सकिँदासम्म ४० ओभरमा तीन विकेटको क्षतिमा एक सय ७४ रनको योगफल तयार पारेको छ । उसका लागि ओपनरद्वय कुशल भुर्तेल र दिलिप नाथले क्रमशः ६३ र ४० रनको योगदान दिए । साथै गुलशन झाले २० रन बनाए । अमित श्रेष्ठ पहिलो दिन ३४ रनमा अविजित छन् । मधेसका लागि हरिशङ्कर साहले दुई र अभिशेख तिवारीले एक विकेट लिए । पुलिसले हिजोको खेललाई आज पनि निरन्तरता दिनेछ ।
साथै बुधबारनै सुरु प्रतियोगिताको चौथो खेलमा त्रिभुवन आर्मी क्लबले पूरै ६० ओभर खेलेको छ । पहिलो पारीमा ६० ओभर खेलेपछि पारी समाप्त हुने प्रतियोगिताको नियम छ । आर्मीले पहिलो दिन ६० ओभर खेल्ने क्रममा पाँच विकेटको क्षतिमा दुई सय ७६ रनको बलियो योगफल तयार पारेको छ ।
आर्मीका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले । उनीहरुले क्रमशः ७२ र ५३ रन बनाए । साथै तृतराज दासले ४४, भीम सार्कीले ३२ र कुशल मल्लले ३५ रनको योगदान दिए । बागमती प्रदेशका लागि विपीन आचार्यले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको बागमतीले पहिलो दिनको खेल सकिँदासम्म २२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय २४ रन बनाएको छ । बागमती आर्मीभन्दा अझै एक सय ५२ रनले पछाडि छ । उसका लागि शुभ कङ्शकारले ३४ रन बनाए भने उत्तम मगरले २८ र रित गौतमले २१ रन बनाए । दुवै खेल आज पनि जारी रहनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार