‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
नेपालबहस संवाददाता
पुस २५, २०८१ बिहिबार १६:१३:२
२५ पुस, झापा । बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ ।
पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ गरेको थियो । उनले पुलको आज यहाँ शुभारम्भ गर्दै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक्री गर्न समेत पुलको निर्माणले सहज भएको बताए । सो अवसरमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले पुल रहेको स्थान आकर्षक भौगोलिक बनावटका कारण रमणीय भएकाले नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको जनाउँदै दैनिक पाँच सयभन्दा बढी पर्यटक आउन थालेको बताए।
पुलमा घुइँचो बढेपछि पालिकाले नगरप्रहरी परिचालन गरेर पुलमा ओहोरदोहोर गर्ने यात्रुको व्यवस्थान गरिरहेको छ । उक्त पुलको भारवहन क्षमता ९० मेट्रिकटन र एकपटकमा छ सय ४७ जना पदयात्रीको भार पुलले थेग्ने क्षमता रहेको जनाइएको छ । पुलको रहेको सथन वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडालगायतका पर्यटकीय स्थल रहेका कारण पुलमा आउने पर्यटक बढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार