आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
नेपालबहस संवाददाता
पुस २५, २०८१ बिहिबार १८:४:३४
२५ पुस, काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगी, अपचलन, संगठित अपराध र सम्पति शुद्धीकरण मुद्दाका मुख्य अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश हुने आम अपेक्षा विपरीत धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तको गत पुस १६ गतेदेखि जारी थुनछेक बहसका सबै प्रक्रिया पूरा भएपछि रास्वपाका सभापति रवि लामिछानेसहितका ठूला ठगीमा संलग्नहरुलाई पनि थुनामा पठाउनुको सट्टा धरौटीमा छोड्न आदेश गरेको हो ।
सूर्यदर्शन सहकारी ठगीमा जोडिएका प्रतिवादीहरूमाथि जिल्ला सरकारी वकिलको कार्यालयले सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको थियो ।
लामिछानेलाई ६५ लाख तथा पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछाने तथा पूर्व डीआईजी जोशीलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त मध्येका एक रवि लामिछाने अब थुनामा नबसी मुद्दा लडन पाउने भएका छन् । यद्यपि अरु जिल्लाका हकमा भने मुद्दा प्रक्रिया चलिरहेकाले यसै भन्न सकिन्न ।
न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि सहकारी ठगी मुद्दाका रविसहित सात जना प्रतिवादीहरूको थुनछेक बहस सुरू गरेका थिए । सरकारी वकिलको कार्यालय,कास्कीले लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको थियो । यस्तै लामिछानेसँहित जोशी, पछाई, गुरुङ र खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार