सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
नेपालबहस संवाददाता
पुस २५, २०८१ बिहिबार १८:१५:१
२५ पुस, जेनेभा । वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० लाख डलरभन्दा बढी सहयोगको अपिल गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले आगामी छ महिनामा सिरियाभरका ११ लाख मानिसलाई सहयोग गर्ने लक्ष्यका साथ सिरियाका लागि गत महिना सुरु गरिएको तीन करोड डलरबाट सात करोड ३२ लाख डलरको अपिल दोब्बरभन्दा बढी भएको बताएको छ ।
“राष्ट्र लगभग १४ वर्षको सङ्घर्षबाट पार पाउँदै गर्दा आइओएम सिरियाका जनतालाई यस ऐतिहासिक क्षणमा सहयोग गर्न प्रतिबद्ध छ”, आइओएमका प्रमुख एमी पोपले एक विज्ञप्तिमा भने, “सिरियाको राम्रो भविष्य निर्माण गर्न हामी सबै साझेदारहरूसँग मिलेर काम गर्दा आइओएमले देशभरका कमजोर समुदायहरूलाई सहयोग गर्न मानवीय सहायता र पुनप्र्राप्तिमा हाम्रो गहिरो अनुभव ल्याउनेछ ।”
जेनेभास्थित एजेन्सीले सन् २०२० मा दमास्कसबाट बाहिरिएपछि सिरियाभित्र आफ्नो उपस्थिति पुनः स्थापित गर्न काम गरिरहेको जनाएको छ । यो विगत दुई दशकमा त्यहाँ काम गरेको अनुभव र उत्तर–पश्चिम सिरियामा सहायता पु¥याउन विगत दशकमा गरेको सीमा–पार गतिविधिहरूमा आधारित छ ।
एजेन्सीले ‘सिरियाभर विस्थापित र फर्केका समूहहरूसहित सबैभन्दा जोखिममा रहेका र कमजोर समुदायहरूलाई तत्काल सहायता प्रदान गर्ने’ लक्ष्य राखेको बताएको छ । अनुरोध गरिएको रकम आवश्यक राहत सामग्री र नगद, आश्रय, सुरक्षा सहायता, पानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य सेवाहरू प्रदान गर्न प्रयोग गरिने बताइएको छ ।
यी रकमहरू विस्थापित वा स्थानान्तरणको तयारीमा रहेका सहित चलायमान व्यक्तिहरूलाई पुनप्र्राप्ति सहयोग प्रदान गर्न पनि जानेछन् । दशकौँको तानाशाहीपछि गत महिना शक्तिशाली बशर अल–असदको आकस्मिक निष्कासनपछि सिरियामा भएको नाटकीय राजनीतिक उथलपुथलले जनताको ठूलो आन्दोलनलाई उत्प्रेरित गरेको छ ।
लगभग १४ वर्षको गृहयुद्धका क्रममा सिरियाको आधा जनसङ्ख्या आफ्नो घरबाट विस्थापित भएका थिए, लाखौँ मानिस देशबाट भागेका थिए र थप लाखौँ आन्तरिक रूपमा विस्थापित भएका थिए । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले यस वर्षको पहिलो छ महिनामा करिब १० लाख मानिस देशमा फर्कने अपेक्षा गरेको छ ।
साथै सन् २०२४ को अन्त्यसम्ममा संयुक्त राष्ट्र मानवीय एजेन्सीले सिरियाभित्र आन्तरिक रूपमा विस्थापित भएका करिब पाँच लाख मानिसको फिर्ती रेकर्ड गरिसकेको आइओएमले औँल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार