हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार ७:९:५५
२६ पुस, सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् ।
गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन् । ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधि नहुँदा उपचारबिना फर्किने गरेका छन् । स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका दलसुर परियारले बताए ।
स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधि अभाव भएको छ । सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधि अभाव भएको हो । दशैँअघि रु पाँच लाखको औषधि खरिद गरिद गरेको उनले बताए ।
“दशैँमा खरिद गरेको औषधि सकिएको छ”, उनले भने। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधि र उपकरण खरिद गर्न टेण्डर आह्वान भएर स्वीकृत भएको बताए । माघ पहिलो सातासम्म औषधिको व्यवस्था गरिने उनले बताए।
स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी जिल्ला अस्पताल सिमकोट धाउने गरेका छन् । खार्पुनाथ–१ को पिउस आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधि अभाव भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार