लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार ९:०:५९
२५ पुस, काठमाडौं । अमेरिकाको लस एन्जलसमा भएको आगलागीबाट हजारौं भवन ध्वस्त भएका छन् भने १ लाख ३० हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।
छिमेकी राज्यवाट गएका दमकलसमेतले पनि आगो निभाउने प्रयास गरिरहेका छन र पनि अहिले नियन्त्रण गर्न कठिन बन्दै गएको छ । मंगलबार देखी प्यासिफिक पालिसेड्समा लागेको विनाशकारी आगलागी तीव्र गतिमा फैलिएको छ र यसले १५ हजार एकडभन्दा बढी क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ ।
यो स्थान यस्तो स्थान हो, जहाँ सेलिब्रेटीहरूको घरहरूको लागि परिचित छ, जसमध्ये अधिकांश हलिउड सेलिब्रेटीहरू यो राज्यमा बस्छन्। सोही क्रममा बलिउड अभिनेत्री नोरा फतेही पनि त्यहाँको जङ्गलको आगोबाट बालाबाल बचेकी छिन र अहिले उनी त्यहाँको घर छोडेर भागेकी छिन ।
अभिनेत्री नोराले भिडियो सेयर गरेर पुरा कुरा बताएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा दुईवटा भिडियो पोस्ट गरेकी छिन् । पहिलो भिडियोमा उनले जंगलमा लागेको आगो देखाइरहेकी छिन् भने दोस्रो भिडियोमा उनले कसरी आफूले आफ्नो सबै सामानहरू तुरुन्तै प्याक गरेर ज्यान बचाउनका लागि भागेकी थिइन् भन्ने कुरा बताएकी छिन् ।
नोरा फतेहीले भिडियो सेयर गर्दै भनिन्, ‘म लस एन्जलसमा छु र जंगलमा लागेको आगो निकै भयानक छ । मैले यस्तो पहिले कहिल्यै देखेको थिइन र छैन पनि, यो आगो भयंकर बिनाशकारी छ । हामीले यहाँबाट ५ मिनेट अघि मात्रै स्थान छाडने आदेश पायौं, त्यसैले मैले चाँडै मेरा सबै सामानहरू प्याक गरे र मैले यो क्षेत्र छाडे ।’
‘अब म एयरपोर्टको नजिक जान्छु र त्यहाँ बस्छु किनकि मेरो आज उडान छ र मलाई आशा छ कि म यसलाई भेटन सक्षम हुनेछु। मलाई आशा छ कि यो रद्द हुने छैन किनकि यो सबै धेरै डरलाग्दो छ। यस्तो अनुभव मैले पहिले कहिल्यै गरेको थिइनँ। म तपाईहरुलाई अपडेट राख्नेछु। आशा छ म समयमै बाहिर निस्कन सक्षम भएको छु । र हो, मलाई आशा छ कि मानिसहरू लस एन्जलसमा सुरक्षित रहन्छन्।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार