धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार ९:५०:२४
२६ पुस, धनकुटा । धनकुटाको पाख्रिबासमा ३ वटा सुँगुर लोड गरिएको पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास–हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो। मृत्यु हुनेमा चालक पाख्रिबास ९ उत्तरपानीका का ३९ वर्षिया शुक्र बहादुर तामाङ र सहचालक सिरहाको लाहान ५ का २४ वर्षिया प्रमोद मल्लिक रहेका छन्।
सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामाङलाई जिल्ला अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए। मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ। दुर्घटनामा ३ वटै सुँगुर भने जिवितै रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी दुर्घटनाको कारणः चालकको लापरबाही, तीव्रगति र मापसे
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार