चितवन महोत्सवमा काँचो केराका परिकार
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार १४:१५:४०
२६ पुस, चितवन । तनहुँको देवघाटबाट आएकी लक्ष्मी तिमिल्सिना नारायणी नदीको किनारमा बनाइएका केराको चिप्स खाँदै थिइन् । उनले आलुको परिकार जस्तै केराको चिप्स नयाँ स्वादका रूपमा पहिलो पटक अनुभव गरेको सुनाइन् ।
उद्योग वाणिज्य सङ्घ चितवनले बिहीबारदेखि सुरु गरेको १५औँ चितवन महोत्सवको उद्घाटन समारोहमा सहभागी हुन आएकी तिमिल्सिनाले आफूले केरा पकाएर खाने गरे पनि खाना र खाजाका रूपमा काँचो केरालाई प्रयोग नगरेकाले नयाँ स्वाद लागेको बताइन् ।
देवघाटमा व्यवसाय गर्दै आएकी तिमिल्सिनाले केराजस्तो चोखो जातको परिकार सबै पसलमा पु¥याउन सके व्यवसायीका साथै उपभोक्तालाई पनि फाइदाजनक हुने बताइन् । उनले भनिन्, “केराको परिकारलाई सबैको पसलमा पु¥याउनु आवश्यक छ ।”
महोत्सव अवलोकन गर्न आएका भरतपुर महानगरपालिका–१२ का युवराज रेग्मी केराको स्वाद लिँदै घाम ताप्दै थिए । केराका विभिन्न परिकार अवलोकन गर्दै उनले भने, “नयाँ स्वाद र अग्र्यानिक परिकारले मन लोभ्यायो । केरा पकाएर मात्रै नभई काँचै पनि विभिन्न परिकार बनाएर खान मिल्ने रहेछ, यो सबैले खान मिल्ने खालको हुँदो रहेछ ।” उनले यसको प्रयोग बढाउन सके प्रभावकारी हुने विचार राखे ।
महोत्सवस्थलमा रहेको केराको मःम, चिप्स, अचारलगायत विभिन्न परिकार खान आउनेको घुइँचो थियो । केराका विभिन्न परकारका बारेमा उपभोक्तालाई जानकारी दिने उद्देश्यले महोत्सवमा राखिएको चितवन केरा सङ्घका उपाध्यक्ष शङ्कर सुवेदीले बताए । उनका अनुसार यहाँ केराको मःम, छोइला, अचार, पकौडा, चिप्सलगायत खाजाका परिकारहरू बिक्रीका लागि राखिएका छन् ।
जिल्लामा हुने हरेक महोत्सवमा सङ्घको नेतृत्वमा केराका परिकार पस्किँदै आइएको सुवेदीले बताए । उनले भने, “अन्य समयमा बढी सेवाग्राही नपाइने भएकाले मेला महोत्सव लक्षित गर्दै आएका हौँ ।”
दैनिक ३१ जना कर्मचारी राखेर महोत्सव अवलोकनकर्तालाई केराका परिकार चखाउँदै र सिकाउँदै आइएको सुवेदीले जानकारी दिए । जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा अहिले केराखेती हुँदै आएकामा ४३ हजार एक सय ९३ मेट्रिक टन उत्पादन हुन्छ ।
उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने जनाउँदै सङ्घका उपाध्यक्ष सुवेदीले पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको बताए ।
भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ । केराको खपत बढाउन व्यवसायीले मेला महोत्सवहरूमा विभिन्न परिकार बनाउने गरेका छन् । पाकेको मात्रै होइन, काँचो केराको खपत बढाउन सके बजारको समस्या नहुने व्यवसायीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
उखु खेतीको इतिहास र पहिचानलाई जीवन्तता दिन खुदो मेला
पुष १५, २०८१ सोमबार
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
पुष १५, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार