कांग्रेस नेता डा. कोइराला लण्डनमा
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार १५:९:२
२६ पुस, लण्डन । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला लण्डन आइपुगेका छन् । बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला लण्डन आएका हुन् ।
बिहीबार राती १०ः०० बजे लण्डन हिथ्रो विमानस्थलमा उत्रिएका नेता कोइरालालाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुले स्वागत गरेका थिए । कोइरालालाई स्वागत गर्न नेपाली जनसम्पर्क समिति बेलायतका कार्यकारी सभापति युवराज सिंह, उपसभापति प्रवेश केसी ,पूर्व महामन्त्री तथा कोइराला भ्रमणको संयोजन गरिरहेका नेता आर के त्रिपाठी, जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, नेता विश्वआदर्श पण्डित, शेर सुनार, विजन भट्ट, व्यवसायी रविन्द्रजंग लामिछाने, डेभिड गुरुङ, तर्कजंग गुरुङ, तस्विर लामा लगायत दर्जनौं उपस्थित थिए ।
कोइरालाले आउँदो १३ जनवरी साँझ बेलायती संसद् भवनको एक कक्षमा गर्न लागिएको एक विशेष कार्यक्रममा सम्वोधन गर्ने कार्यक्रम छ उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्री, बेलायती सांसदहरू एवं नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहने जनाइएको छ । नेता कोइरालाले एक साता बेलायतमा रहँदा बेलायती राजनीतिज्ञहरुसंग भेटघाट साथै विभिन्न शहरमा नेपाली समुदाय र कांग्रेस कार्यकर्तासँग पनि अन्तरक्रिया गर्नेछन् ।
उनी शुक्रबार दिउँसो लण्डन स्थित नेपाली दूतावासले आयोजना गर्ने ‘रिसेप्सन’ मा सहभागी हुने तय छ । नेता कोइरालालाई शुक्रबार साँझ नै साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेण्टमा नागरिक अभिनन्दन गरिने भएको छ । उनी जनवरी ११ मा क्याम्ब्रीज र जनवरी १२ आइतबार साउथ इष्ट लण्डनमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुने आयोजकले जनाएका छन् ।
नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा आइतबार प्लमस्टिडस्थित गोर्खा क्याप्रीकनमा हुन लागेको ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा डा। कोइराला प्रमुख अतिथि रहने समितिका कार्यकारी सभापति युवराज सिंहले जनाए । कोइराला बेलायत भ्रमण पूरा गरी जनवरी १६ तारिख नेपाल फर्किनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार