विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार १६:२४:२८
२६ पुस, काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको बैठकमा विश्वविद्यालयका अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति भएको छ ।
समितिको आजको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् 'दोस्रो संशोधन' विधेयक, २०८१ माथि दफावार छलफलका क्रममा उक्त विषयमा सहमति भएको हो ।
कानुन शिक्षाको मापदण्डका सम्बन्धमा विश्वविद्यालयको अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम निर्माणमा विश्वविद्यालयले प्रयोग गर्ने प्राज्ञिक दृष्टिकोण हनन् गर्न नहुने विषयमा विस्तृत छलफलपश्चात् उक्त सहमति भएको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन शिक्षाको मापदण्डका विषयमा मन्त्रालयमा थप छलफल गरी अर्को बैठकमा धारणा प्रस्तुत गरिने बताए ।
समिति सभापति तुलसाकुमारी दाहालले कानुन शिक्षाको मापदण्डलाई व्यवस्थित र थप प्रभावकारी बनाउने विषयमा अर्को बैठकमा पुनःछलफल गरिने बताए । समितिका सदस्यहरूले कानुन शिक्षाको मापदण्डका विषयमा सहजीकरण गर्नुपर्नेबारे राय व्यक्त गरेका थिए ।
उक्त विधेयकमा मुख्यगरी ‘लयर्स एकेडेमी स्थापना’, लाइसेन्स लिइसकेका कानुन व्यवसायीहरूलाई तालिम र कानुन शिक्षाको मापदण्डका विषयमा व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
पुष १५, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार