अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार १६:३०:६
२६ पुस, काठमाडौं । युक्रेनमा जारी युद्धका बीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपेली सङ्घको उड्डयन सुरक्षा निकाय 'इएसएस'ले शुक्रबार जनाएको छ ।
इएएसएले एक सुरक्षा बुलेटिनमा भनेको छ, “द्वन्द्वले ‘सम्भावित नागरिक–सैन्य समन्वयको कमी र गलत पहिचानको सम्भावनाका कारण रूसी सङ्घको हवाई क्षेत्रमा नागरिक विमानहरू अनाहकमा निशाना हुने खतरा उत्पन्न गरेको छ।”
इएसएसले पश्चिमी रूसी हवाई क्षेत्रमा उडान नगर्न एयरलाइन्सका लागि आफ्नो सिफारिस लाई पुनः नवीकरण गरेको छ । रूसले युरोपेली सङ्घ 'इयू' का विमानलाई आफ्नो हवाई क्षेत्रमा उडान भर्न प्रतिबन्ध लगाएको छ तर चीन, टर्की, खाडी मुलुक र अन्य मुलुकका विमानलाई भने अनुमति दिइएको छ ।
अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले गत डिसेम्बर २५ मा कजाकिस्तानमा ३८ जनाको ज्यान जाने गरी दुर्घटनाग्रस्त भएको अजरबैजान एयरलाइन्सको यात्रु वाहक विमानलाई रुसी शहर ग्रोज्नीमाथि ‘जमिनबाट’ गोली हानेको दावी गरेका छन् ।
रूसले युक्रेनी ड्रोनलाई प्रतिकार गर्ने समयमा आफ्नो एयर डिफेन्सले काम गरिरहेको बताएको छ, तर उसले विमानमा गोली लागेको स्वीकारेको छ । इएएसएले युक्रेनी क्षेप्यास्त्र र रुसमा प्रक्षेपण गरिएका ड्रोनको सामना गर्न रुसी हवाई प्रतिरक्षा प्रणालीको सक्रियताले ‘प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसहित धेरै स्थानहरूमा उडान संचालनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ’ भनेको छ।
बुलेटिनमा भनिएको छ, “ड्रोन आक्रमण वा हवाई प्रतिरक्षा प्रणालीको सक्रियताका बेला रुसी महासङ्घले बन्द नगरेको हवाई क्षेत्रमा अधिकांश घटना भएका छन् ।
“सन् २०२४ डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको फ्लाइट ८२४३ मा भएको घटनाले देखाएझैं यसले उडान सञ्चालनका लागि उच्च जोखिम निम्त्याएको छ।“
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकुंभ मेलामा पाँचौँ दिन लाखौँ तीर्थयात्री र कल्पवासीको आगमन
माघ ४, २०८१ शुक्रबार
चीनको जनसङ्ख्या घट्दो क्रममा
माघ ४, २०८१ शुक्रबार
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार