प्रधानमन्त्रीलाई खानेपानी मन्त्रीको ‘ब्रिफिङ’: सन् २०३० सम्म देशभरका नागरिकलाई शुद्ध खानेपानी पुर्याउने
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार २१:२९:५०
२५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे आज ‘ब्रिफिङ’ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी बज्राचार्यले मन्त्रालयको हालको अवस्था, प्रगति, कार्यान्वयनमा देखिएका चुनौती र भावी योजनाको विषयमा अवगत गराएका थिए।
छलफलमा मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन अवस्था, हालका प्रगति र आयोजना कार्यान्वयन निर्देशनालयमार्फत भइरहेका अन्य परियोजनाको प्रगतिबारे जानकारी गराइएको थियो ।मन्त्रालयले जलवायु परिवर्तनले खानेपानीको स्रोतहरूमा पारेको असरलाई सम्बोधन गर्दै वातावरणमैत्री र दिगो योजना निर्माणमा मन्त्रालयको ध्यान केन्द्रित भएकाले आवश्यक बजेट सुनिश्चितताका लागि माग गरेको छ ।
सो क्रममा प्रधानमन्त्री ओलीले जनताले शुद्ध, सुलभ र सहजरूपमा खानेपानी पाउने वातावरण निर्माणमा लाग्न तथा सम्बन्धित मन्त्रालय र निकायसँग आवश्यक समन्वय गरी कामलाई गति दिन निर्देशन दिए । मन्त्री यादवले ग्रामीण तथा सहरी क्षेत्रका खानेपानी योजनालाई तीव्रता दिँदै सन् २०३० सम्म देशभरका नागरिकलाई शुद्ध खानेपानी पुर्याउने लक्ष्यमा केन्द्रित भई कार्यहरू भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
रास्वपामा लफडा, मुकुललाई पार्टीमा फर्काउन खोज्ने कोशी प्रदेश सभापति निलम्बित
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार