‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार २२:१४:०
२६ पुस, काठमाडौं । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन अधिकारलाई थप व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफल उनीहरूले ट्रेड युनियन अधिकार खोस्नेतर्फ ध्यान नदिन आग्रह गरे । सामूहिक सौदाबाजी कर्मचारीको संवैधानिक अधिकार रहेको उल्लेख गर्दै उहाँहरूले ट्रेड युनियन अधिकारलाई तलमाथि गर्नै नहुने बताए ।
“ट्रेड युनियन अधिकार एक इन्च पनि तलमाथि गर्न पाइँदैन, अहिले विधेयकमाथिको छलफलमा ट्रेड युनियनलाई लिएर जे बहस भइरहेको छ, यो संविधानको बर्खिलाप छ”, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले भने ।
नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले राजनीतिक परिवर्तनमा कर्मचारी वर्गको भूमिकालाई स्मरण गर्न आग्रह गरे । “विद्यमान ऐनमा ट्रेड युनियनसम्बन्धी जे–जस्तो अधिकार छ, त्यसलाई तलमाथि गर्नु हुँदैन, ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम दिँदैन”, उनले भने। नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले ट्रेड युनियनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै आफ्नो हकहितका लागि कर्मचारीले ट्रेड युनियन रहनै नपाउने भन्नै नहुने बताए ।
सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्बासेले संसद् सचिवालयका सचिव र महासचिव संसद् सेवाभित्रकै कर्मचारीमध्येबाट नियुक्त हुनुपर्ने व्यवस्था ऐनमा नै राखिनुपर्नेमा जोड दिए । नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले कर्मचारीको सुरुवा प्रणालीलाई व्यवस्थित गरेर लैजान सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार