साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुस २६, २०८१ शुक्रबार २२:२१:५८
२६ पुस, काठमाडौं । सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बाहेका अन्य दलका नेताहरु एकापसमा दौडधूप गरिरहेका छन् । खासगरी प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधित्वका लागि चाहिने न्यूनतम् मत प्रतिशत (थ्रेसहोल्ड) को सीमा बढाउने सरकारको तयारीप्रति माओवादी, नेकपा एस र मधेशकेन्द्रित दलले आपत्ति जनाउदै दौडधूप गरेका छन् ।
त्यो भन्दा पनि महत्वपूर्ण विषय भनेको राजनीतिक दल सम्बन्धी अध्यादेश आउन लाग्यो भन्दै एकापसमा दौडधूप गरिरहेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग कानुन मन्त्री, मुख्यसचिव र कानुन सचिवसहित भेटघाट गरे । त्यसले गर्दा विपक्षी दलहरूले शुक्रबार दिनभर सरकार विरुद्ध विष बमन गरिरहेका छन् । यसका साथै दलहरूले ‘थ्रेसहोल्ड’ बढाइए संघर्षमा उत्रने चेतावनी उनीहरूले दिएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधिसभाका लागि कम्तीमा ३ र प्रदेशसभामा १.५ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्र सिट पाउने कानुनी व्यवस्था संशोधन गर्न सरकारले गृहकार्य अघि बढाइसकेको अवस्थामा विपक्षी दलहरूले आफ्नो अस्तित्व रक्षामा लाग्न थालेका हुन् ।
त्यति मात्र होइन राजनीतिक दलसम्बन्धी अध्यादेश आएमा तत्कालै नेकपा एसबाट केही मन्त्री र केही नेताहरु तत्कालै अर्को पार्टी बनाउने तयारीमा छन् । जसले गर्दा राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन समेत फरक पर्ने अवस्था छ । अर्को तर्फ उपेन्द्र यादवको पार्टी विभाजन भैसकेको र त्यही पार्टीलाई वैधता दिनका लागि पनि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन जरुरी रहेको छ ।
त्यसैगरी निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदामा प्रतिनिधिसभाका लागि ५ प्रतिशत र प्रदेशसभाका लागि ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को प्रावधान राखिएको छ । निर्वाचन आयोगले गृहमा बुझाएको मस्यौदामा भने ‘थ्रेसहोल्ड’ को सीमा पहिलेको थियो । निर्वाचन आयोगको थ्रेसहोल्ड र राजनीतिक दलसम्बन्धी अध्यादेशको विषय ल्याएर केपी ओली शर्मा नेतृत्वको गठबन्धन सरकार संकटमा परेको निष्कर्ष विपक्षी दलहरूले निकालेका छन् ।
एमालेको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले संविधान संशोधन २०८७ सालमा मात्र सम्भव रहेको ‘ब्रिफिङ’ गरेका थिए । जबकि, गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिमा संविधान संशोधनको एजेण्डालाई समेत प्राथमिकता दिइएको थियो । संसदको हिउँदे अधिवेशन बोलाउन विपक्षी दलहरूले आग्रह गरिरहेका बेला सरकारले अधिवेशन बोलाउने कुनै सङ्केत गरेको छैन । अधिवेशन बोलाउन आलटाल गरेपछि अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरू सशङ्कित बनेका छन् । विपक्षी दलहरू दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने तयारीमा छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि नै सरकारले अध्यादेश ल्याउने व्यापक चर्चा भएको थियो । तर त्यसबेला अध्यादेशको विरोध भएपछि सरकार पछि हटेको विपक्षी दलहरूले बताउँदै आएका छन् । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएमा सबैभन्दा बढी नेकपा एसलाई घाटा हुने भएपछि माधव नेपालको सक्रियता बढेको छ । नेकपा एस क्षयी करणतर्फ उन्मुख भैरहेको बेला ओलीले एसलाई नै लक्षित गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको आशंका गरिएको छ । यसअघि दशैको रमझम सकिन नपाउँदै राजनीतिक वृत्तमा मसिनो स्वरमा अध्यादेशसम्बन्धी विषयले चर्चा पाउन थालेको थियो । प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका थिए । तर त्यसबेला कांग्रेसले असहमति जनाएको थियो ।
खासगरी नेकपा एकीकृत समाजवादी विभाजन गर्ने र जनता समाजवादी पार्टीको विभाजनलाई मान्यता दिलाउने गरी अध्यादेश ल्याउने तयारीमा ओली थिए । तर उनी दोस्रोपटक पनि असफल भएका थिए । उनले चाहेजस्तो परिस्थिति र सत्ता गठबन्धनभित्रै दोस्रोपटक पनि सहमति जुट्न नसक्दा अन्तिम समयमा अध्यादेश आउन सकेको थिएन । अहिले पनि त्यही चर्चा चलिरहेको छ ।
ओलीले असोजमा नै अध्यादेश ल्याउने तयारी गरेर संसद अधिवेशन अन्त्य गरेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए । अमेरिकाबाट फर्के लगत्तै अध्यादेश ल्याउने वचन नेकपा एसका नेताहरूलाई पनि दिएका थिए । ओलीले अमेरिकाबाट फर्कने बित्तिकै अध्यादेश ल्याउने तयारी थियो । तर ओली अमेरिका हुँदा नेपालमा बाढी पहिरोले धनजनको क्षति भयो । बाढीपहिरोका सरकारले काम गर्न नसकेको भन्दै राजनीति दल र सर्वसाधारणबाट आलोचना खेप्नुप¥यो । त्यसपछि ओलीले अध्यादेश ल्याउन पाएनन् । पहिलोपटक कांग्रेस सभापति शेरबहादुर देउवा पनि अध्यादेशको पक्षमा सहमत थिएनन् । तर दोस्रोपटक सभापति देउवा र महामन्त्री थापाले सहमति दिए पनि अन्तिम समयमा ब्याक हुँदा ओलीको अध्यादेश ल्याएर दल विभाजन गर्ने चाहना पूरा हुन सकेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार