आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
नेपालबहस संवाददाता
पुस २७, २०८१ शनिबार १८:३७:२३
२७ पुस, मोरङ । देशमा देखिएको आर्थिक संकट मोचनका लागी नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् ।
पूर्व मन्त्री समेत रहेका गुरुङले नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको विराटनगरमा चलेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै यस्तो बताए । उनले भने 'घाम ताप्न सात बुँदे सहमति भएको होइन' । घाम ताप्न नभई अहिलेको संकट मोचनको लागि सात बुँदे सहमति भएको भन्दै सात बुँदे सहमतिमा चन्द्र ग्रहण लाग्न दिन नहुने तर्फ पनि ध्यानाकर्षण गराए ।
संविधान संशोधन पछि बाँकी रहेका काम सकिने भन्दै सांसद गुरुङले संविधान संसोधनको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । रगतको खोलो बगाएर आएको प्रजातन्त्र धनको खोलाले बग्ने स्थिति बन्न नहुने तर्फ सचेत गराउँदै सांसद गुरुङले त्यसको लागि संविधान संशोधन अपरिहार्य रहेको बताए ।
अर्को पाटिको झण्डा बोक्दैमा कोहि दुश्मन नहुने तर्क गर्दै उनले नेपालीको दुस्मन गरिबी,अभाव,भ्रष्टाचार,बेथिति रहेको तर्क गरे । उनले भने, 'हाम्रो दुस्मन बेथिति,अराजक,भ्रष्टाचार हो,फरक झण्डा बोक्ने होइन,त्यसैले एक पाटिले अर्को पाटीलाई गाली गर्नुको कुनै औचित्य छैन,हामी सबै मिलेर हाम्रो दुस्मन विरुद्ध लड्नु पर्छ ।'
प्रजातन्त्र सेनानीको अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले प्रजातन्त्रको लागि लड्दा जिब्रोमा करेन्टको सजाय भोग्नु परेका पाटी सभापति शेरबहादुर देउवासँग धेरै कुरा सिक्न सकिने तर्क राखे । उनले भने, 'प्रजातन्त्रको लागि अहोरात्र लडेकै प्रजातन्त्रको सेनानी आज पाटी सभापति हुन् । यो प्रजातन्त्र सेनानी संगठनको लागि गर्वको कुरा हो ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार