हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
नेपालबहस संवाददाता
पुस २७, २०८१ शनिबार १८:५०:१
२७ पुस, सिमकोट । हुम्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका दक्षिण भेगका चारवटा गाउँपालिकालाई सम्बन्धित वडाको सिफारिसका आधारमा शुक्रबारदेखि अनुदानको नुन वितरण सुरु गरेको छ । शुक्रबार सर्केगाड गाउँपालिका–२, ३ र पालिका केन्द्रबाहेक अन्य छवटा वडाका नागरिकलाई नुन वितरण गरिएको उक्त कार्यालयका प्रमुख राजबहादुर लामाले बताए ।
दुई नम्बर रिप र ३ नं उनापानी गाउँ जाने बाटो बिग्रेका कारण नुन वितरण हुन नसकेको हो । पालिकाका अन्य सबै वडाका प्रत्येक घरलाई नुन वितरण गरिएको प्रमुख लामाले जानकारी दिए । पन्धदेखि ३० प्याकेटका दरले नुन वितरण गरिएको छ । वडामा कम घर भएकालाई ३० प्याकेट र बढी घर भएका वडालाई १५ प्याकेट जनसङ्ख्याका आधारमा वितरण गरिएको हो ।
साल्ट टेड्रिङ कर्पोरेसन शाखा कार्यालयले नुन लिन पुग्दा सम्बन्धित वडाको सिफारिसका आधारमा नुन वितरण गरिरहेको बताएको छ । दक्षिण भेगका चारवटा गाउँपालिकामा नुन वितरण कर्पोरेसन शाखा कार्यालयका कर्मचारी स्वयं पुगेर वितरण गरिरहेका छन् ।
कर्पोरेसनले अनुदानमा एक प्याकेट नुनको रु नौ मा बिक्री गर्दै आएको छ । शुक्रबार वडा–१ लाई ८० क्विन्टल, वडा–४ लाई ५१ क्विन्टल, वडा–५ लाई ५० क्विन्टल, वडा–६ लाई ५१ क्विन्टल, वडा–७ लाई ५७ क्विन्टल र वडा–८ लाई ५१ क्विन्टल वितरण गरिएको हो । शुक्रबार मात्रै तीन सय ४० क्विन्टल वितरण भएको छभने सर्केगाड गाउँपालिकाका लागि पाँच सय क्विन्टल वितरण गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार