मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
नेपालबहस संवाददाता
पुस २७, २०८१ शनिबार १९:२६:४०
२७ पुस, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाका मनोहरा नदी फाँटमा यति बेला किसानहरू आलु खेतीमा व्यस्त देखिएका छन् । नेपालीको भान्सामा बढी प्रयोग हुने आलु उत्पादन प्रतिको परनिर्भरता भने बढ्दै गएको छ ।
स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा पुस १ देखि २६ गतेसम्म करिब ५ हजार मेट्रिक टन आलु भित्रिएको छ ।
सो अवधिमा बजारमा भित्रिएको आलुमध्ये लगभग ८० प्रतिशत भारतबाट आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । साउनदेखि कात्तिकसम्म नेपाली आलुको उत्पादन असाध्यै कम हुने भएकाले यो बेलामा विदेशको आयातमै भर पर्नुपर्ने विकास समितिले जनाएको छ ।
समितिका अनुसार गत वर्ष असोज महिनामा कालीमाटी बजारमा छ हजार टन आलु भित्रिएकामा लगभग ६० प्रतिशत भारतबाट आएको थियो तर यो वर्ष सोही बजारमा असोजको २६ गतेसम्म पाँच हजार मेट्रिक टन आलु भित्रिएकामा ८० प्रतिशत आलु भारतबाट भित्रिएको छ । बाँकी मात्रै स्वदेशको दोलखाको मुडे, मकवानपुरको पालुङ, नुवाकोट, काभ्रे, ओखलढुङ्गालगायतका ठाउँबाट आएको छ ।
कालीमाटी बजारमा भित्रिएको तरकारीले उपत्यकावासीको मागको लगभग ७५ प्रतिशत माग धान्ने गरेको छ भने बाँकी माग बालाजु, बल्खु, कोटेश्वर, भक्तपुरका तरकारी बजारबाटपूर्ति हुने गरेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा थारू समुदायले मनाए माघीः फोटोफिचर
माघ १, २०८१ मंगलबार
कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मनग्य आम्दानी गर्दै राजेन्द्र
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार